काठमाडौं । अमेरिका र नेपाललगायतका विश्वका विभिन्न मुलुकमा कार्यरत आमसञ्चार तथा पत्रकारितामा आवद्ध पत्रकारहरूको साझा र स्वतन्त्र संस्थाका रुपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका स्थापना भएको छ ।अमेरिकाको प्रचलित नियम कानूनअनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका अर्थात् फेडेरेशन अफ इन्टरनेशनल जर्नालिष्ट, अमेरिका पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठनको रुपमा संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ । नवगठित कार्यसमितिको अध्यक्षमा नेपाल मदर डटकमका प्रधान सम्पादक, एभिन्यूज टेलिभिजनका अमेरिका सम्पादक, वरिष्ठ लोकगायक तथा कलाकार रामप्रसाद खनाल चयन भएका छन् ।कार्यसमितिको उपाध्यक्षमा अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, वरिष्ठ पत्रकार जीवराम भण्डारी, एभिन्यूज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला र नेपाल समाचार पत्रका पूर्व सम्पादक तथा अग्रज पत्रकार टंक पन्त र अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईं चयन भएका छन् ।
त्यस्तैगरी महासचिवमा माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर समेत रहेका चर्चित पत्रकार टंक दाहाल, सचिवमा अग्रज पत्रकार अनिल अधिकारी, कोषाध्यक्षमा डिसी नेपालका अमेरिका व्यूरो चिफ अर्जुन दाहाल चयन भएका छन् ।यसै गरी बोर्ड अफ डाइरेक्टरहरुमा विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक तथा क्यानका पूर्व अध्यक्ष नवराज कुँवर, अग्रज पत्रकारहरु दिनेश कार्की, कृष्णराज खनाल, अनिल थापा, सुमन दाहाल, सुरेन्द्र सापकोटा रहेका छन् ।त्यस्तैगरी समितिको सल्लाहकारमा अग्रज तथा वरिष्ठ पत्रकारहरु कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा राससका पूर्व अध्यक्ष प्रा. पुरुषोत्तम दाहाल, दैनिकपत्र राष्ट्रिय दैनिक, जनसंघर्ष राष्ट्रिय साप्ताहिक, स्वाधीन राष्ट्रिय मासिक तथा अनलाइनःधधध।मबष्लष्पउबतचब।अयm का प्रधान सम्पादक तथा राससका पूर्व कार्यकारी अध्यक्ष डा. बालकृष्ण चापागाईं, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष पुरु घिमिरे, हिमालय खबरका प्रधान सम्पादक विजय घिमिरे चयन भएका छन् ।सबै महादेशहरूबाट प्रतिनिधित्व हुने गरी महासंघलाई पूर्णता दिइने छ । केही समयभित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान,क्यानडालगायतका देशहरूमा शाखा निर्माण गरिने अध्यक्ष खनालले बताएका छन् ।