दुर्गा मन्दिर टोल विकासको अध्यक्षमा पुनः प्रकाश श्रेष्ठ

प्रकाशित मिति:

तिलोत्तमा,। दुर्गा मन्दिर टोल बिकास संस्था तिलोत्तमा-१०, कान्छीबजारको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ ।अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि पुनः प्रकाश श्रेष्ठक‍ो अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा निलबहादुर गुरुङ, सचिवमा नरेन्द्र गुरुङ, सहसचिवमा विष्णुप्रसाद पोख्रेल र कोषाध्यक्षमा सुमित्रा श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा कृष्णप्रसाद गौतम, जसकुमारी गुरुङ, गंगा लामिछाने, प्रबिन गुरुङ, खेमबहादुर पुन, रुपा जिसी, कुसुम थापा र रजनी श्रेष्ठ चयन भएका छन् ।

सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्षद्धारा प्रस्तुत आयव्यय समेत पारित गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता तथा तिलोत्तमा-१० का वडा अध्यक्ष गोपालप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, सल्लाहकार बिक्रम केसी, जसबहादुर श्रेष्ठ, राजेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गंगा लामिछानेको स्वागत तथा निलबहादुर गुरुङको सञ्चालनमा सम्पन्न भएको थियोे ।