कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम गर्ने

प्रकाशित मिति:

काठमाडौं, पुस – नेपाली कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्ने भएको छ ।आइतबार सूचना जारी गर्दै कांग्रेसले शिक्षा नीति बहस अन्तर्गत, माघ २ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयको सभाहलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।सूचनामा भनिएको छ,अहिले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथासिघ्र टुंगोमा पुयाउन राजनीतिक सहमति निर्माण गर्न आवश्यक छ।विधेयकमा रहेका जटिलताहरूलाई सम्बोधन गर्दै यसलाई अझ प्रभावकारी बनाउने दिशामा विज्ञ र सरोकारवालाको अमूल्य राय र सुझावको आवश्यकता रहेको छ।त्यसै सन्दर्भमा शिक्षा नीति बहस अन्तर्गत, २ माघ २०८१ बिहान ११ः३० बजे, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सभाहलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम आयोजिना गरिने छ।’