एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका इन्चार्जसमेत रहेका मल्ल पक्राउ परेका हुन् ।काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीकाअनुसार सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ । उनीमाथि २० लाख ५० हजारको चेक अनादर गरेको आरोप छ । उनीविरूद्ध एमालेका नेता पुष्पराज पहराईले जाहेरी दिएका थिए ।