काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।