रोटरी क्लव अफ रुपन्देहीद्वारा स्वास्थ्यकर्मीका लागि सुरक्षित मातृत्व तथा शिशु स्याहार कार्यक्रम

प्रकाशित मिति:

बुटवल। रुपन्देहीको तिलोत्तमामा रहेका सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि एक दिने सुरक्षित मातृत्व तथा शिशु स्याहार सम्वन्धि एक दिने कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरपालिमा रहेका १७ वडामा रहेका स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता एंव सिप विकासका लागि एक दिने मातृत्व तथा शिशु स्याहार सम्वन्धि कार्यक्रम गरिएको हो ।

रोटरी क्लव अफ रुपन्देहीको आयोजना तथा रोटरी क्लव अफ काठमाण्डौ र रोटरी क्लव अफ उडेन अष्ट्रेलियासँगको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सेवा  भावनाले गरिने असल कार्यको प्रभाव समुदायमा सकारात्मक हुने उल्लेख गर्दै सुरक्षित मातृत्व तथा शिशु स्याहार कार्यक्रमले आमा र शिशु दुबैको स्वास्थ्यमा थप गुणस्तरीयता कायम गर्ने बताउनुभयो ।

रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष सिए प्रमोद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पोखरेल, क्लवका पुर्व अध्यक्षहरु रामप्रसाद खरेल, सुरज क्षेत्री, गोपाल न्यौपाने, दुर्गाबहादुर पोखरेल, क्लवका एजी संजीव रेग्मी, रोटरी बुटवलका अध्यक्ष प्रजोल थान्जु, डा.रुपेश लम्साल, कार्यक्रम संयोजक ओमबहादुर खत्रीलगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

रोटरी क्लव अफ उडेन अष्ट्रेलियाका सम्यान्था टुर्नेर डुन्ने र क्यारेन म्याकनेलले सहजिकरण गर्नु भएको कार्यक्रममा तिलोत्तमा नगरभित्रका ६५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको सचिव मिलन भण्डारीले जानकारी दिनुभयो । यसैबीच सोही कार्यक्रमको अवसर पारेर सेमरा बजार स्वास्थ्य चौकी र आनन्दवन स्वास्थ्य चौकीलाई करीव पाँच हजार अष्ट्रेलियन डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष सिए प्रमोद पन्थीले जानकारी दिनुभयो ।