शान्ति नमुनामा शिक्षा विधेयकमा छलफल

प्रकाशित मिति:

तिलोत्तमा, माघ ८ ।  प्रतिनिधि सभा अन्तरगत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना मा.वि. मा छलफल कार्यक्रम गरेको छ । शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन गर्ने उद्धेश्यले उक्त छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रममा समितिका सभापति अम्मर बहादुर थापा, सांसदहरु छविलाल विश्वकर्मा, रेखा शर्मा, तोसिमा कार्की लगायतले शिक्षा विधेयकका सम्बन्धमा सहजिकरण गर्दै विभिन्न विषयमा स्पष्ट पार्नुभएकोे थियो ।
यस्तै विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, विद्यार्थीहरुले आगामी दिनमा गर्नुपर्ने काम र आवश्यकताका सम्बन्धमा सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा समितिका सदस्य सचिव दशरथ धमला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, अभिभावक सुनिता पाण्डे, पत्रकार कृष्ण मल्ल, विद्यार्थीहरु सर्वदा विश्वकर्मा, दिवश न्यौपाने लगायतले विभिन्न विषयमा जिज्ञाशा तथा सुझाव राख्नुभएको थियो ।