रुपन्देही महायज्ञको तेस्रो दिनः आर्थिक योगदान गर्ने दाताहरुको सङ्ख्या बढ्दै

प्रकाशित मिति:

रुपन्देही । माघ ७ गतेदेखि रुपन्देही तिलोत्तमा-५ मणिग्राममा सुरू भएको महायज्ञको तेस्रो दिन आर्थिक योगदान गर्ने दाताहरुको सङ्ख्या बढ्दै गएको छ । महायज्ञमा तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि मनकारी दाताहरुले दान गरेर सहयोग प्रदान गरिरहनु भएको छ । महायज्ञमा प्रसिद्ध कथा वाचक भागवत् भाष्कर कमलनयन गौतमले महायज्ञमा निःशुल्क कथा वाचन गरिरहनु भएको छ ।बुधबार महायज्ञकाे तेस्राे दिन बुटवल उपमहानगरपालिका-९ निवासी आश्रमका अभिभावक द्वय लाेकनाथ घुसाल र आशा शर्माले आश्रमकाे भवन स्तरोन्नतीका लागि ५ लाख ५ हजार ५ सय १५ रूपैयाँ दान गर्नुभएकाे हाे । त्यस्तै तिलाेत्तमा नगरपालिका-५ मणिग्राम निवासी श्यामकला पाण्डे र पुरूषाेत्तम पाण्डेले महायज्ञमा ५१ हजार १ सय रूपैयाँ, वर्षा भुसालले २२ हजार २ सय ७९ रूपैयाँ दान गर्नुभएकाे छ ।

तिलोत्तमा नगरपालिका -८ निवासी चिन्तामणी चाालिसेद्वारा भवनको स्तरोन्नतिको लागि २१ हजार १० रूपैयाँ दान भएको हो । तिलोत्तमा नगरपालिका-५ मणिग्राम निवासी टीकाराम भण्डारी एन्ड न्यू दुर्गा फेन्सीले भवन स्तरोन्नतीका लागि १६ हजार १ सय २५ रूपैयाँ र अक्षयकोष सहयोगार्थ १७ हजार १ सय २५ रूपैयाँ दान गर्नुभएको छ ।शिवशक्ति आमा समूहद्वारा भवन निर्माणका लागि १८ हजार ६ सय योगदान भएको छ । तिलोत्तमा-१ निवासी पूर्णकला खत्री र ओमकुमारी खत्रीले ११ हजार १ सय ११ रूपैयाँ र पूर्णकला पाण्डेले ११ हजार ११ रूपैयाँ महायज्ञमा दान दिनुभएको छ । त्यस्तै धनगढी निवासी चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगतनाथ पनेरूको स्मृतिमा भवन स्तरोन्नतीमा सहयोग गर्ने उद्देश्यले ५ हजार ५ सय ५५ रूपैयाँ योगदान गर्नुभएको छ । तिलोत्तमा-५ मणिग्राम निवासी भिमा भण्डारी र यज्ञ भण्डारीले ५ हजार ५ रूपैयाँ दान गर्नुभएको हो । जानुका गैरे बस्यालले ५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो । तिलाेत्तमा १ निवासी गिता घिमिरेले ५ हजार १ सय १० रूपैयाँ, कल्पना राेक्काले ५ हजार ५ सय रूपैयाँ र पवित्रा गाैतमले २ हजार ५ सय ५ रूपैयाँ दान गर्नुभएकाे छ ।

महायज्ञमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भैरहेको योग शिविरमा ललित शंकर योगीले प्रशिक्षण गरिरहनुभएको छ भने बुधबार ८ बजेदेखि १० बजेसम्म विद्यार्थीहरूको माझ आश्रमले आयोजना गरेको सकारात्मक सोच तथा मानवता प्रर्वद्धन प्रेरणादायी कार्यक्रम अन्तर्गत रमन भट्टराइले सहजीकरण गर्नुभएको छ । जसमा श्री जनता माध्यमिक विद्यालय, श्री जनज्योति माध्यमिक विद्यालय, तिलोत्तमा कलेज र गिर्वाण सरस्वती संस्कृति तथा साधारण माध्यमिक विद्यालयका विद्यालयहरूसँगै शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयाेजना गरेकाे हाे । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान) सोमबार देखि सुरू भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।