वर्षा भुसालले खुत्रुक्के बाकसमा जम्मा गरेको रकम महायज्ञमा  दान गरीन्

प्रकाशित मिति:

रूपन्देही । मणिग्राममा माघ ७ देखि सुरू भएको महायज्ञमा वर्षा भुसाले खुत्रुक्के बासकमा जम्मा गरेको रकम दान गर्नुभएको छ । बुटवल उपमहानगरपालिका ९ निवासी भुसालले महायज्ञमा सहभागी हुँदै बुधबार  २२ हजार २ सय ७९ रूपैयाँ तिलोत्तमा शाखाको स्तरोन्नति लागि योगदान गर्नुभएको हो । बौद्धिक अपाङ्गा समेत हुनुभएको भुसालले दान गरेर  सबैलालाई प्रेरणा दिँदै मानवीय सेवामा सहभागी भएको भन्दै  आश्रमले  प्रशंसा गरेको छ । भुसाल आश्रमका अभिभावक लोकनाथ भुसाल र आशा शर्मा भुसालको सुपुत्री हुन् । पहिलेदेखी मानवीय सेवामा आफ्नो तर्फबाट सहयोग पुर्याउँदै आउने गरेको पारिवारले जानकारी दिनुभएको छ ।

मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि आ श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गरेको हो ।  रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम प्रदर्शनी हुने स्थान सोमबारदेखि सुरू भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।२०६९ भाद्र १३ गते मकवानपुर हेटौँडामा स्थापना भएको मानवसेवा आश्रमको ११ औँ शाखाको रुपमा २०७५ साल पुस ७ गते स्थापना भएको मानवसेवा आश्रम रुपन्देही शाखाको बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर र तिलोत्तमा नगरपालिका वडा नं ६ पश्चिम पहुनी मोक्षधाम सेवा आश्रमको परिसरमा निर्माण भएको भवनबाट विगत २ वर्षदेखि आश्रम सञ्चालनमा रहेको छ ।