सुरेश छन्त्याल- गलकोट नगरपालिका नगर कार्यपालिका स्वास्थ शाखाको एच।पी।भी खोप अभियान अन्तर्गत आज गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ चौकिमा वडा खोप समन्वय समिति र विद्यालयका प्र।ह। हरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।गलकोट नगरपालिका १० का वडा अध्यक्ष तथा पाण्डखानी स्वास्थ चौकी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर काउचाको अध्यक्षतामा अभिमुखिकरण गोष्ठीको उदेश्य, पाठेघरको मुखको क्यान्सर अवस्था, लक्षण र रोग्ने उपाय, एच।पी।भी खोप सेवा संचालन, एच।पी।भी खोप सेवा संचालन गर्ने कार्यनीति, स्थानीय तहका वडा स्तरीय पदाधिकारीहरुको भुमिका, विद्यालयको भुमिका बारे जानकारी दिएका थिए।त्यस्तै कार्यक्रमको सहजिकरण पाण्डबखानी स्वास्थ चौकीकि सिअहेव हिरा काउचा र अनमी सुबास्ना वि।क गर्नु भएको थियो ।
सोहि कार्यक्रम यहि २२ गते रमुवा निमाविमा, २३ गते पाण्डबखानीमा माविमा, २५ गते पाण्डबखानी स्वास्थ चौकीमा अभियान संचालन हुने पाण्डबखानी स्वास्थ चौकीकि प्रमुख रत्ना सुनारले जानकारी दिनु भयो।