“आर्थिक चुनौतीका बिच सैनामैना फेरी भलिबलमय हुँदै “

प्रकाशित मिति:

रुपन्देही सैनामैना नगरपालिका वार्ड नम्बर ६ काे दुधराक्ष युवा क्लबकोे आयोजनामा माघ २५ देखी फाल्गुन ३ गते सम्म चल्ने राष्ट्रिय पुरुष भलीबल प्रतियोगिताको तयारी यती बेला रामापुर कलौनीमा तिब्र रूपमा चलेकाे छ। पहिलाे संस्करण गरेर हौसिएको दुधराक्ष युवा क्लव प्रतियोगीतालाइ लिएर उत्साहीत मात्रै छैन् तयारीलाइ व्यापक रुपमा अगाडी बढाएको पनि छ। आर्थिक मन्दीका बीचमा पनि सहयोग जुटाउने काम त्यति सजिलो छैन तर क्लवले हर प्रयास गरेको देखिन्छ। यो बीचमा आर्थिक पाटोलाई कसरी अगाडी बढाउनु भयको छ र प्रतियोगिताका बारेमा आर्थिक संयोजक हरी भुर्तेललाइ हामीले ३ प्रश्न मार्फत बुझ्ने प्रयास गरेका छौ ।

प्रतियोगिताको तयारी कसरी अगाडी बढाईरहनु भएको छ र आन्तरिक तयारी कस्तो छ ?

-कुनै पनि प्रतियोगीता सम्पन्न गर्न त्यति सजिलो छैन । म सम्झन्छु दुधराक्ष युवा क्लबले यस क्षेत्रकै प्रतिष्ठित क्याम्पस शहीद नारायण पोख्रेल बहुमुखी क्यापसको चौरमा राष्ट्रिय स्तरकाे भलीबल प्रतियोगीता आदरणिय बिष्णु पाण्डे दाईको संयोजकत्वमा पहिलाे पटक गर्दा जुन उत्साह थियो पछिल्लो समय त्यसले निरन्तर पाएको जगजायर नै छ। क्लवले खेलकुद प्रतियोगीता चलाउनु आफैमा चुनौती छ ।

अहिले सम्म यहाँका राजनितिक दल ,सामाजीक व्यक्तित्त्व, संघसंस्था , खेलप्रेमी सबैको महत्पूर्ण साथ सहयोग समर्थन छ। हामीलाइ देश विदेशबाट उत्साहपुर्बक हौसला दिइरहनु भएको छ। त्यसैले यस्तो विषम परिस्थितिमा पनि हामी अत्यन्त उत्साहित छौ की हाम्रा शुभेच्छुकहरुके आ- आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहनु भएको छ।

आर्थिक संयोजकका हिसाबले स्थानिय क्लवले राष्ट्रिय स्तरको प्रतियोगीता सम्पन्न गर्न कत्तिको चुनौती देखिरहनु भयको छ ?

-हामी प्रतियोगीतालाई प्रतिगोगीता मात्र बनाउन चाहँदैनौ। यसले जोडने हरेक क्षेत्रका आयामलाइ समेट्न चाहन्छौ । लुम्वीनी सँग जोडिएको यो क्षेत्रमा क्लवले लुम्वीनी प्रवेशद्वार बनाइरहेको छ। अब हामीले भन्न सक्ने हुदै छौ की पुर्व पश्चिम महेन्द्र राजमार्गबाट सबै भन्दा छिटो लुम्वीनी जाने गेटकाे सामुन्ने हामी छैनौं तपाइँहरू हुनुहुन्छ । यो हाम्रो क्लवकाे प्रयास हो जुन सामाजिक उत्तरदायित्व अन्तर्गत पर्छ । धेरै काम गर्नु पर्ने छ । हामी क्लवका हिसाबले गाउँका हौ तर समय साथ र परिवेशले हामीलाइ यती ऊर्जा दिएको छ कि अब हामी ठूला ठूला प्रतियोगिता पनि आटन सक्ने भएका छौ । प्रतियोगिताकाे तयारी बीच केन्द्रका हौ भन्ने काम नगर्ने र राजनिती बढी गर्ने प्रवृति देखे, भोगे । काम गर्दै जाने हो भने खेलकुदमा काम गर्ने मान्छेले माया पाइरहन्छ। यती धेरै ठुलो कार्यक्रम आयोजना गर्दा अली अली चुनौती त भै नै रहन्छ । त्यसलाई चिर्दै अगाडी बढीरहेका छौ

प्रतियोगितामा दर्शककाे सहभागिता र निरन्तरतालाइ कसरी लिनु हुन्छ ?

-हामी उत्साहित नै छौ । दर्शककै कारण प्रतियोगिता सफल हुने हो त्यसैले टिकट पनी महंगो हुने छैन । विगतको अभ्यासलाइ नै अनुसरण गर्ने छौ। यसपाली राष्ट्रिय अन्तराष्ट्रिय तथा विभागीय खेलाडीहरुको सहभागिताले गर्दा प्याराफिट पनि फराकिलो बनाएका छौ। दर्शककाे उपस्थिति पहिले भन्दा अझै राम्रो र व्यवस्थित हुन्छ । यती बुझ्नुहाेस दुधराक्ष युवा क्लबले थप नया इतीहास रच्दै छ।