बर्दघाट ९ मा शिवपुराणमायज्ञ हुने

प्रकाशित मिति:

प्रकाश न्यौपाने-माघ । पश्चिम नवलपरासीको बर्दघाट ९ नाउडाँडा रहेको कैलासकोट शिव मन्दिरमा शिव पुराण महायज्ञ हुने भएको छ। फागुन ४ गतेदेखि ११ दिनसम्म महापुराण हुने मूल आयोजक समितिका संयोजक चन्द्रकान्त चापगाईले जानकारी दिनुभयो ।११ दिनसम्मको पुराण महायज्ञका लागि सचिवालय समिति र विभिन्न उपसमितिहरू बनाइएको छ। कैलाश कुट शिव मन्दिरकाे पुर्न निर्माण र जग्गा प्राप्ति, शिव मन्दिरलाई धार्मीक तथा पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले शिवपुराण महायज्ञ गर्न लागिएको संयोजक चापागाईंले जानकारी दिनुभयो।फागुनको ४ गते शिवपुराण महायज्ञको समुद्घाटन गरिने भएको छ। शिव पुराणको समुद्घाटनका लागि सन्त शिरोमणि श्री १००८ विवेकानन्द सरस्वती जी महाराज आउनुहुने कैलासकोट शिव मन्दिर व्यवस्थापन समितिका एवं सचिवालयका सहसंयोजक अध्यक्ष दीपक खरालले जानकारी दिनुभयो। खरालका अनुसार ११ दिनसम्म चल्ने महायज्ञमा प्रमुख वाचकीय पण्डितको रुपमा नेत्रप्रसाद पराजुली आउनुहुने उल्लेख गर्नुभयो । महायज्ञमा पराजुली सहित २१ जना पण्डितहरूको टिम आउनुहुने खरालले जानकारी दिनुभयो।

कलश यात्राको संयोजक एलिना मल्ल, पूजा व्यवस्थापन संयोजक धनकुमारी अधिकारी, आर्थिक व्यवस्थापन संयोजक भीम खनाल, सूचना तथा सन्चार संयोजक प्रकाश न्यौपाने, जलपान र खाद्यान्न संयोजक हरी खरेल, युवा परिचालन तथा स्वयंसेवक संयोजक गाेपाल तामाङ्ग, खरीद तथा मञ्च व्यवस्थापन संयोजक दीपक खराल,अतिथि सत्कार तथा फुलमाला व्यवस्थापन समिति संयोजक सीतादेवी खनाल, दुना टपरी निर्माण संयोजक विष्णु खनाल, सरसफाई समिति संयोजक अर्जुन रेग्मी, भजन किर्तन तथा सांस्कृतिक व्यवस्थापन संयोजक रविलाल कंडेल, प्रमाणपत्र छपाई तथा फ्रेम व्यवस्थापन समिति संयोजक कमल अर्याल, यातायात तथा ढुवानी व्यवस्था उपसमिति संयोजक गणेशप्रसाद न्यौपाने, प्रचारप्रसार उपसमिति संयोजक प्रकाश भण्डारी, भुपू समन्वय समिति संयोजक खमबहादुर खत्री, जेष्ठ नागरिक संयोजक छमबहादुर शाही, जातजाति संयोजक शत्रुधन चौधरी, कार्यक्रम सञ्चालन समिति संयोजक दीपक थापा रहने गरी उपसमितिहरु बनाइएको सहसयोजक बालेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो।महायज्ञमा दानवीरहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको सहसंयोजक दीपक थापाले जानकारी दिनुभयो। महायज्ञमा तन मन र धनले सहयोग गर्नुहुने सहयोग गर्नुहुन सम्पूर्ण भक्तजनहरुलाई अनुरोध गरिएको छ।