पर्यटनको आधार सस्कृति र प्रकृति भएको सरकारको ठहर, सम्पदासित स्थानीयलाई जोड्न पाणिनी सम्मेलन

प्रकाशित मिति:

बुटवल – लुम्विनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषदको आयोजनामा आईतवार पाणिनि सम्मेलन तयारीको सम्वन्धमा बुटवलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । पाणिनि संस्कृत भाषाको प्रसिद्ध व्याकरणको उदगम स्थल भएकोले यसको संरक्षण र विकास गर्न सके धार्मिक पर्यटक भित्रयाई आर्थिक उपार्जन गर्न सकिने कुरामा सहभागीहरुले जोड दिएका छन । पर्यटनको आधार सस्कृति र प्रकृति हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रदेश सरकारले पाणिनी सम्मेलनको आयोजनको तयारी गरेको मन्त्रालयकाः वरिष्ठ शाखा अधिकृत गणेश घिमिरले बताउनु भयो । लुम्विनी प्रदेशमा रहेका सम्पदासित स्थानीयलाई कसरी जोड्ने भन्ने उद्देश्यले नै यो कार्यक्रम गर्न खोजिएको उहांले बताउनु भयो ।

कार्यक्रममा १०००८ स्वामी श्री ज्ञानानन्द सरस्वतीले पाणिनी तपो भूमीको महिमा निकै महत्वपूर्ण रहेकाले यसको संरक्षणमा सबैको सहयोग जरुरी हुने बताउनु भयो । प्रकृतिसँग विरोधाभास नहुने गरी संरचना निर्माण गर्नु पनेमा जोड दिनु भयो । उहाँले पाणिनीको वारेमा पुस्तिका तयार गरेर देश विदेशमा प्रचार गर्न सुझाव दिनु भयो । इतिहासवारे कलम चलाउने काम बिद्वानहरुले निर्धक्कसाथ लेख्नु पर्ने भन्दै स्वामी सरस्वतीले पाणिनिको महत्व उजागर गर्न ढिला गर्न नहुने धारणा राख्नु भयो ।पाणिनी गाउँपालिका अध्यक्ष, टेकराज न्यौपानेले बिश्वकै विशेषता भएको स्थलको संरक्षणका लागि सम्मेलन मार्फत दीर्घ कालिन गुरुयोजना बनाउनका लागि सहज हुने धारणा राख्नु भयो । यसका लागि पालिकाको पूरै टिम यो अभियानमा जुटेको समेत बताउनु भयो ।पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशीः धार्मिक सर्किट वनाउने मुख्यमन्त्रीको योजना रहेको बताउदै रिडी, स्वर्गद्वारी, पाणिनि आदि जोडेर सर्किट बनाउनु जरुरी रहेको खुलासा गर्नु भयो ।
कार्यक्रममा पाणिनि विकास परिषद गठन गर्नु पर्ने तपोभूमि केन्द्रीत वेभसाइट तयार गर्नु पर्ने लगाउतका विषयमा वरिष्ठ पत्रकार डी.आर. घिमिरे, ,विष्णु भूसालः ःबालकृष्ण चापागाइ सहभागीः युवराज कणेंलः ज्योतिस.जनार्दन न्यौपाने रामप्रसाद घिमिरेःबलवहादुर अचार्यःधनिश्वर पोख्रेलः कृष्ण पौडेलः पुनाराम पोख्रेलः अच्यूत गौतम,रामप्रसाद पोख्रेलः ऋषि आजाद ,विष्णु पोख्रेल लगायतले सुझाव दिनु भएको पालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले बताउनु भयो ।