नेपाल भ्यालुयर्स एशोसियशन लुम्बिनीको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको छ । संस्थाको १४ औं स्थापना दिवसको अवसरमा बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो ।रक्तसञ्चार सेवा केन्द्र बुटवलमा गरिएको कार्यक्रममा ३१ जनाले रक्तदान गरेको एशोसियशनका प्रदेश सचिव अमित खनालले जानकारी गराउनुभयो ।एशोसियशनका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द पंगेनीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष यमलाल पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शैलेन्द्रप्रसाद श्रेष्ठ, सल्लाहकार दुजेन्द्र बस्नेत, टंक कंडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी सदस्य तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।