माघ – बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४४ औं वार्षिकोत्सव समारोहको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएको छ।माघ १८ देखि सुरु भएको खेलकुद सप्ताहमा “समृद्धिका लागि उद्यमशीलता” विषयक वक्तृत्वकला प्रतियोगितामा बिबिए आठौ सेमेस्टरकी अस्मिता खनाल प्रथम, बिबिएस दोस्रो वर्षकी प्रकृति पाण्डे दोस्रो तथा बिबिए सातौ सेमेस्टरकी सुरक्षा भट्टराई तेस्रो हुन सफल भएका छन। त्यस्तै चेस प्रतियोगितामा बिबिएस दोस्रो वर्षका अनिल भण्डारी प्रथम, बिबिएम-अप्लाईड आठौ सेमेस्टरका प्रज्वल बस्नेत दोस्रो तथा बिबिए सातौ सेमेस्टरकी कुमारी कनक लता गुप्ता तेस्रो हुन सफल भएका छन।त्यस्तै बास्केटबल प्रतियोगितामा छात्रतर्फ बिबिएसको समूह विजयी भएको छ भने छात्रातर्फ बिबिएको समूह बिजयी भएको छ। चित्रकला प्रतियोगितामा सरोज पन्थी प्रथम, शिशिर खनाल दोस्रो तथा बल्लभी राना र अस्मिता खनाल तेस्रो भएका छन भने एक मिनेट कार्यक्रममा सपना भट्टराई प्रथम, कनक लता गुप्ता दोस्रो तथा बल्लभी राना तेस्रो भएका छन। त्यस्तै क्रिकेट प्रतियोगितामा छात्रतर्फ बिबिएस दोस्रो वर्षको समूह र छात्रातर्फ बिएमएसको समूह विजयी भएको छ। त्यस्तै टग अफ वारमा छात्रातर्फ बिबिएस चौथो वर्षको समूह र छात्रतर्फ बिएमएसको समूह विजयी भएको छ । त्यसैगरी छात्रा टेबल टेनिस प्रतियोगितामा बिएमएसकि मौसम अर्गली प्रथम, बिबिएकि लिमा सिरिस दोस्रो तथा बिएमएसकि सुस्मिता थापाले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् भने छात्रतर्फ अनिल भण्डारी प्रथम, प्रवेश थापा दोस्रो तथा अक्षय श्रेष्ठ तेस्रो भएका छन।
छात्रा भलिबल प्रतियोगितामा छात्रातर्फ बिबिएसको समूह विजयी भएको छ भने छात्रतर्फ बिबिएस दोस्रो वर्षको समूह विजयी भएको छ । व्यवस्थापन हाजिरीजवाफ प्रतियोगितामा बिबिए सातौ सेमेस्टर सेक्सन बि को समूह प्रथम भएको छ भने बिबिए सातौ सेमेस्टर सेक्सन ए को समूह दोस्रो र बिबिएस चौथो वर्षको समूह तेस्रो भएको छ । त्यस्तै कविता, गजल तथा मुक्तक प्रतियोगितामा बिबिए का शिशिर खनाल प्रथम, बिबिए कै सुस्मिता पराजुली दोस्रो, बिबिएस प्रथम वर्षकि छमकला न्यौपाने तेस्रो तथा बिबिए का सन्देश पौडेल सान्त्वना भएका छन। त्यस्तै १०० मिटर दौडमा छात्रतर्फ अमृत राना प्रथम, आदर्श राना दोस्रो तथा किरण बहादुर थापा तेस्रो भएका छन भने छात्रातर्फ सम्झना घिमिरे प्रथम, स्मारिका पन्थी दोस्रो तथा समृद्धि पन्थि तेस्रो भएका छन।खेलकुद सप्ताह अन्तर्गत आइतबार शिक्षक कर्मचारी तथा स्ववियू विचको मैत्रीपुर्ण भलिबल खेल सम्पन्न भएको छ । क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले शुभारम्भ गर्नुभएको उक्त खेलमा ५ मा ३ खेल जित्दै स्ववियू विजयी भएको छ।। क्याम्पसले साताव्यापी कार्यक्रमको आयोजना गरी फाल्गुन ६ गते मूल समारोहका बिच ४४ औं वार्षिकोत्सव मनाउदैछ । क्याम्पसको वार्षिकोत्सव समारोह भव्य रुपमा सम्पन्न गर्नका लागि १४ वटा विभिन्न उपसमितिहरु गठन भएका छन भने रक्तदान कार्यक्रम, संस्कृतिक कार्यक्रम पनि संचालन गरिने ४४ औं वार्षिकोत्सव समारोह मुल संयोजक उपप्राध्यापक मधुकर शर्माले जानकारी दिनुभयो ।