भैरहवा । मेयर आवास कार्यक्रम अन्तरगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निमार्ण गरिरहेको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले उक्त कार्यक्रम अन्तरगत ७ परिवारको लागी घर निमार्ण गर्दै छ । ७ परिवारको लागी ठेक्का सम्झौता भै हाल घर निमार्णको काम तिव्र रुपमा भैरहेको नगरपालिकाका प्रमुख ईन्जिनियर साकार श्रेष्ठले जानकारी दिए । आवास कार्यक्रमको लागी सिनापा १ को नौडिहवामा मुन सरिफ, रानिगाँउमा राम शेवक अहिर, वडा नं ४ को दोघारामा जगदिश पाण्डे, एरपोर्ट नजिक मुराली केवट, वडा नं ६ को दयापथमा किस्मत हरिजन, वडा नं ८ को बसडिलियमा घनश्याम कहाँर र वडा नं ११ को भुजौलीमा अयोध्या भुँईहारको लागी घर बनाउदै छ । यि घरहरु चैत मसान्त भित्र सम्पन्न गरि सम्वन्धित घर धनिलाई हस्तान्तरण गर्ने गरी अहिले तिव्ररुपमा काम भैरहेको छ । कुल ३७ लाख ६२ हजारको लागतकमा केटिएस बिल्डर प्रा.लीले निमार्ण गरिरहेको छ । एकतले टिनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुम सहीत एक परिवारलाई बस्न मिल्ने सुविधा युक्त घर बनाएर नगरपालिकाले घर धनिलाई हस्तान्तरण गर्ने गर्दछ ।
नगरमा कोही पनि घर बहार बिहिन नहुन भन्ने उदेश्यले बिपन्न परिवारको लागी मेयर आवास कार्यक्रम अन्तरगत सिद्धार्थनगर नगरपालिकाले प्रत्येक बर्ष सुचना प्रकासित गरी बिपन्न ब्यक्ती छनौट गर्ने गर्दछ । छनौटमा परेरका एवं विपन्नलाई निश्चित बजेट बिनियोजन गरी नगरपालिकाले प्रत्येक बर्ष कार्यक्रम सचांलन गर्दै आएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिए । ‘नगर भित्र कोही पनि घरबार बिहिन नहोउन र सवैको आप्mनै छानो होस भन्ने उदेश्यले मेयर आवास कार्यक्रम सचांलन गरिएको उनले बताए । नगरमा कोही पनि घरबार बिहिन नहोउन । सवैको आफ्नै छानो होस भन्ने हाम्रो चाहाना र परिकल्पना हो,’ उनले भने । कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई नगरपालिकाले प्रत्येक बर्ष निरन्तरता समेत दिदै आएको छ । बजेट अभावका कारण एकै पटकमा धेरैलाई समेट्न नसीएकाले आगामी दिनमा बजेट बढाएर कार्यक्रमलाई थप प्रभावकारी बनाउने उदेश्य नगरपालिकाको रहेका मेयर खाँले जानकारी दिए ।