
रमालीगाउं लामडाडां खानेपानी आयोजनाको गण्डकी प्रेदशका निवर्तमान सांसद मल्ल द्धारा उद्धघाटन
चापाकोट । स्याङ्गजा जिल्लाको चापाकोट नगरपालीका वडा नं ४ स्थीत रमालीगाउं लामडाडां खानेपानी तथा सरसफाई आयोजनाको गण्डकी प्रेदशका निवर्तमान सांसद भागवत प्रकाश मल्लले उद्धघाटन गर्नु भएको छ सो कार्यक्रममा वोल्दै उंहाले जनताको सेवाका लागी सधै स्थानीयका विचमा रहने वताउनु भएको छ । स्थानीय स्तरमा गर्नु पर्ने विकास निमार्णका काम हरु निरन्तर अगाडी वढाउने प्रतिवद्धता पनी व्यक्त गर्नु भएको छ । सो आयोजना प्रदेश सरकार र स्थाीय उपभोक्ताको गरी कुल एक करोड पच्चीस लाख सत्रहजारको लागतमा आर्थिक वर्ष २०७८)८९ मा सम्पन्न भएको थियो । रमालीगाउं लामडाडां खानेपानी आयोजनावाट ८१ घर धुरीका ३९८ जना लाभान्वित हुने आयोजनाले जनाएको छ । उद्घाटन कार्यक्रममा चापाकोट नगरपालीकाकी उप मेहर ईसा राना नेपाली कांग्रेस चापाकोटका नगर सभापती विक्रम शारु , खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरी प्रसाद तिमल्सेना लगायतले मन्तव्य राख्नु भएको थियो भने संस्थाका अध्यक्ष चेत वहादुर शारुको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध वहादुर हमालको स्वागत तथा सचीव चिरन्जीवी पौडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।