सूर्यनगर गोल्डकपमा बाँसबारी क्लब काठमाडौं फाइनलमा प्रवेश

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फागुन १३ गते
नवलपरासी। नवौँ संस्करणको सूर्यनगर गोल्डकप २०८१ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बाँसबारी क्लब, काठमाडौंले शानदार जित हात पार्दै फाइनलमा स्थान बनाएको छ।


बाँसबारी क्लबले चारतारे युवा क्लब, लेटाङ मोरङलाई ३-१ को अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। आजको खेलमा बाँसबारी क्लबका जर्सी नम्बर ९ सन्दीप लिम्बु म्यान अफ द म्याच घोषित हुनुभएको छ।


सूर्यनगर रंगशालामा सम्पन्न खेललाई उत्साही दर्शकहरूको अपार समर्थन रहेको थियो। प्याराफिटभरि उपस्थित खेलप्रेमीहरूले टिमहरूलाई जोडदार हौसला प्रदान गरेका छन।


आयोजक नव युवा क्लबका अनुसार १५ गते मगर दिवसका कारण खेलकुद कार्यक्रम स्थगित रहनेछ भने १६ गते फाइनल खेलसँगै प्रतियोगिता समापन गरिने छ। बर्दघाट नगरपालिकाको संरक्षकत्व एवम् नव युवा क्लब, बर्दघाट-१६ सूर्यनगरद्वारा नवौँ सूर्यनगर गोल्डकप सञ्चालनमा रहेको छ।