प्रकाश न्यौपाने
फाल्गुन २२ गते
नवलपरासी – चिसापानी सामुदायिक वन उपभोक्ता समूहको २२औं साधारणसभा बर्दघाटमा सम्पन्न भएको छ। वनको संरक्षण, पारदर्शिता, उपभोक्ताको सहभागिता र समृद्धि विषयमा छलफल गर्दै साधारणसभाले विभिन्न निर्णयहरू पारित गरेको छ।
बर्दघाट सरावल सव डिभिजन वनका प्रमुख बलराम पोखरेलले वन संरक्षणमा चरिचरण नियन्त्रण, आगलागी रोकथाम, वृक्षारोपण तथा खोला-खोल्सी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नु भयो । जिल्ला समन्वय समिति सदस्य धनिराम चौधरीले मानव जीवनसँग जोडिएको वनको संरक्षण अत्यावश्यक रहेको बताउनु भयो ।
साधारणसभामा बर्दघाट २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले पारदर्शिता अपनाई सामुदायिक वन सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो । स्थानीय विकासका लागि आवश्यक निर्माण सामग्री व्यवस्थापनमा वनले सहयोग गर्नुपर्ने उहाको भनाइ छ। वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरी र सरावल–५ का अध्यक्ष लक्ष्यम चौधरीले वन क्षेत्रको हरियाली संरक्षण गर्दै बालउद्यान निर्माण गर्नुपर्ने धारणा राख्नु भयो ।
सामुदायिक वनहरु करैकरको च्यापुवामा परेको
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमल परियारउल्लेख गर्दैन वनबाट हुने आम्दानीको ४०% वन संरक्षणमा लगानी गर्नुपर्ने तर बाँकी ६०% कर तिर्नुपर्ने बाध्यताले सामाजिक कार्य गर्न कठिन भएको बताउनु भयो । त्यस्तै वैज्ञानिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष यज्ञप्रसाद पाण्डेले कर प्रणालीलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्नुपर्ने धारणा राख्नु भयो । सामुदायिक वनले असार मसान्तमा घाट गद्दीमा रहेको काठ दाउरा आम्दानीमा देखाउने र कर तिर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै उहाले सामुदायिक वनहरु गैर नाफा मुखी रहेकोले बिक्री नभएको काठलाई समेत आम्दानी देखाउने बिषय नितिगत रुपमा नै सुधार गर्नु पर्ने बताउनु भयो ।
सुर्य ज्योति युवा क्लबका अध्यक्ष राम भण्डारीले वनले सामाजिक क्षेत्रमा प्राथमिकताका साथ बजेट र कार्यक्रम बनाउनु पर्नेमा जोड दिनु भयो । क्लबले नै सामुदायिक वन दर्ता गरेको उल्लेख गर्दै वनले कार्यक्रम गर्दै क्लबसंग समन्वय गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै दिव्यज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेल, दिव्यज्योति माध्यमिक विद्यालयका अध्यक्ष दिनबन्धु पाण्डे, उपभोक्ता समुहको रूपमा बोल्दै बलराम भण्डारीले वनको सिमाना निर्धारण र सरक्षणमा गर्नुपर्नेमा जोड दिनु भयो ।
साधारणसभामा दिव्यज्योति माध्यमिक विद्यालयका कक्षा ५ मा अध्ययनरत ४३ विद्यार्थीलाई झोला वितरण गरिएको थियो। साथै, सामुदायिक वनलाइ विकास तथा संरक्षणमा योगदान दिने यमबहादुर क्षेत्री, गणेश बहादुर क्षेत्री, बलराम भण्डारी, धर्मबहादुर पल्ली, कमल परियार, मीनबहादुर क्षेत्रीलगायतलाई सम्मान गरिएको थियो।
साधारणसभाले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुगमन प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरेको छ। होम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्दुदेवी चौधरीले स्वागत मन्तव्य रहेको कार्यक्रम प्रेम भुजेलले सञ्चालन गर्नु भएको थियो ।