नारी दिवशमा तिलोत्तमाले गर्यो ५१ श्रमिक महिलालाई नगद सहित सम्मान

प्रकाशित मिति:

बुटवल । तिलोत्तमा नगरपालिकाद्धारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ५१ जना श्रमिक महिलालाई नगद सहित सम्मान गरेको छ । नगरका विभिन्न वडामा विभिन्न पेशा व्यवसायमा जोखिमपूर्ण काम गर्ने महिलालाई जनही नगद ३ हजार रुपैयांले सम्मान गरिएको हो ।
सोही दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले नेपालको संविधान महिलामैत्री रहेकाले स्थानीय सरकारले महिलाको शिक्षा र रोजगारीका कार्यक्रममा विशेष जोड दिइरहेको बताउनु भयो । उहांले महिलाको क्षमता विकास र अग्रसरताले घर, समाज परिवर्तन हुने भन्दै महिलालाई अधिकार दिर मात्र हुदैन उनिहरुको व्यक्तित्व र नेतृत्वको विकास अबको आवश्यकता रहेको औल्याउनु भयो

समाजमा हुने विभिन्न प्रकारका हिंसालाई कसरी न्यूनिकरण गर्ने भन्ने सवालमा तिलोत्तमा नगरपालिकाले महिलाहरुसंग छलफल गरी कार्ययोजना बनाउने गरेको प्रष्ट पार्नु भयो । महिलाहरुलाई उद्यमशिलताका साथै स्वरोजगारका कार्यक्रममा जोडन जरुरी रहेको पनि नगर प्रमुख खांणको कथन रहेको छ । तिलोत्तमा नगरपालिका आशा ,भरोसा र अवसरको शहर भएकाले यहांका महिलाहरुलाई सक्षम र योग बनाउने गरि कार्यक्रम संचालन गरिएको पनि नगर प्रमुख खांणले बताउनु भयो ।उहांले वालमैत्री नगरपालिका घोषणा संगै आगामी दिनमा लैगिक मैत्री , युवा मैत्री र सडका पेक्षी मुक्त नगरपालिका स्थापित गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे , नेकपा एमालेका नगर अधयक्ष मिन प्रसाद पोखरेल र नेकपा माओवादीका नगर अध्यक्ष बेल प्रसाद शर्माले अन्तराष्ट्रिय महिला दिवस र तिलोत्तमाले गरेका र गर्नु पर्ने कामका वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमवारे प्रकाश पादैं कार्य पालिकाका सदस्य रवि सेनचुरीले महिलाहरुमा आर्थिक समृद्धि नल्याउदा सम्म नगरपालिकाले अंगिकार गरेका लक्ष्य पुरा हुन नसक्ने बताउनु भयो । त्यसैले यो कार्यक्रममा महिलालाई कसरी सक्षम बनाउने वारेमा समेत छलफल हुने धारणा राख्नु भयो । कार्यक्रममा महिला राजनैतिक कर्मीहरु आशा कुमारी चौधरी, कमला ज्ञवाली, शान्ता वस्याल लगायतले महिलालाई आमदानी हुने काममा भन्दा पनि आम्दानी नहुने काममा लगाईने गरेको गुनासो गर्नुभयो । अधिवक्ता दीपा सुनारले अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउन थालिएको समय लामो भएपनि महिलालाई समान कामको समान ज्याला र समानताको अधिकारको माग अझै पूरा नभएको बताउनु भयो । सामाजिक शाखा प्रमुख संझना भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो । सम्मानित महिलाले नगरपालिकाको हौसलाले आफूहरुलाई आफ्नो कामप्रति थप लगाव बढ्ने बताएका थिए।