शिक्षक संघ नवलपरासीद्वारा शैक्षिक संवाद र अन्तरक्रिया सम्पन्न

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फागुन २८
नवलपरासी। नेपाल शिक्षक सङ्घ नवलपरासीले नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री  गगनकुमार थापासङ्ग अन्तरक्रिया सम्पन्न गरेको छ । संघले शिक्षकका समस्या र विद्यालय शिक्षा विधेयकसम्बन्धी अन्तरक्रिया तथा शैक्षिक संवाद गरेको हो।

कार्यक्रममा नेपाल राहत शिक्षक सङ्घ नवलपरासीका अध्यक्ष रमेश लम्साल, हिस्टुनका प्रतिनिधि चुरामणि भण्डारी, तथा नेपाल शिक्षक सङ्घका निवर्तमान सङ्घीय सदस्य नेत्रलाल न्यौपानेले शिक्षक तथा कर्मचारी मैत्री विधेयक छिटो जारी गर्न नेपाली कांग्रेसले पहल गर्नुपर्ने माग गर्नु भएको थियो।

 


कार्यक्रमका अध्यक्ष नेपाल शिक्षक सङ्घ नवलपरासीका अध्यक्ष भोजराज चापागाईंले शिक्षा प्रणालीलाई व्यवस्थित गर्दै शिक्षण पेशालाई सम्मानजनक र मर्यादित बनाउन शिक्षक तथा कर्मचारी मैत्री शिक्षा विधेयक जारी गर्नुपर्ने धारणा राख्नु भयो।  पछिल्लो समयमा प्रधानमन्त्रीबात शिक्षक हरुलाई लक्ष्यित गरेर आएका केही अभिव्यक्ती तर्फ इंकित गर्दै चापागाईं नेतृत्वले समस्याको चर्काउने नभई समाधान गर्ने तर्फ नेतृत्व लाग्नु पर्ने बताउनु भयो।


शिक्षकहरुकाे अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशको शिक्षा प्रणालीलाई सुधार्न र शिक्षण पेशालाई आकर्षक जरुरी रहेको उल्लेख गर्नुभयो। शिक्षा ऐन मार्फत शिक्षण पेशालाई व्यवस्थित र सम्मानजनक बनाउने उद्देश्यले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा रहेको जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा धेरै समस्याहरू छन्। शिक्षाका समस्याहरु समाधान गर्न विद्यालय शिक्षा विधेयक आउनु जरुरी रहेको उल्लेख गर्दै थापाले छिट्टै विधेयक जारी हुने विश्वास व्यक्त व्यक्त गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको बिशिस्ट आतिथ्यता र नेपाली कांग्रेस पश्चिम नवलपरासीका कार्यवाहक सभापति विक्रम यादवलगायतको सहभागी रहेको थियो।

शिक्षक संघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्रबहादुर चौधरीले गर्नुभएको थियो।