मन्त्री तिमिल्सिनाद्वारा एसइई परीक्षाको अनुगमन

प्रकाशित मिति:
प्रकाश न्यौपाने
चैत १३ गते
नवलपरासी । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को अनुगमन गर्ने क्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नवलपरासीका विभिन्न परीक्षा केन्द्रहरूको निरीक्षण गर्नु भएको छ ।


अनुगमन टोलीमा जिल्ला समन्वय समिति  नवलपरासीका प्रमुख भगौती यादव, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदी लगायत शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागीता रहेको थियो । परासीमा रहेको आदर्श मावि, पवन मावि, शान्ति चौर मावि, र जगन्नाथ माविको परीक्षा केन्द्रहरूमा पुगेर टोलिले परीक्षा सञ्चालनको अवस्थाबारे जानकारी लिएको थियो।


मन्त्री तिमिल्सिनाले परीक्षा शान्तिपूर्ण एवं मर्यादित रूपमा सञ्चालन भएकोमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा निकाय तथा अन्य सबै संलग्न पक्षलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै, शिक्षा र सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा आवश्यक योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नवलपरासी आउनु भएका मन्त्री तिमिल्सिनालाई नेपाल शिक्षक संघ, नवलपरासीका अध्यक्ष भोजराज चापागाईंले जिल्लाका विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षण प्रवर्द्धन तथा शिक्षक तालिमका लागि योजना र बजेट विनियोजन गर्न अनुरोध गर्नु भयो।


 मन्त्री तिमिल्सिनाले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ  ।