पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा १४ घाइते

प्रकाशित मिति:
प्रकाश न्यौपाने
चैत १३ गते
बर्दघाट, नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाटमा बिहीबार बिहान स्कुल बस र यात्रुवाहक बस ठोक्किँदा १४ जना घाइते भएका छन्। बर्दघाट नगरपालिका वडा नं. २ र ४ को सिमानामा पर्ने चिसापानी अस्पताल अगाडि दुर्घटना भएको हो।

स्थानीयका अनुसार, दुर्घटनामा ७ जना विद्यार्थी, १ जना शिक्षक र २ जना बस स्टाफ गरी ९ जना तथा पृथ्वी यातायातको बसमा रहेका ५ यात्रु घाइते भएका छन्। घटनाको कारण नवलपरासी सुस्ता गाउँपालिका प्राविधिक बिरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्बरको मोटरसाइकल अकस्मात सडक पार गर्दा भएको हो। पोखरातर्फ जाँदै गरेको ग २ ख १५७४ नम्बरको यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित बनेर विद्यार्थी चढाइरहेको लु १ ख ८७० नम्बरको ग्लोबल एकेडेमीको स्कुल बसमा ठोक्किएको थियो।

घाइतेहरूको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भइरहेको छ। अस्पताल स्रोतका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ। उपचारपछि सह-चालकसहित ५ जना विद्यार्थीलाई मंगलबार साँझ डिस्चार्ज गरिएको छ । चालकसहित ३ विद्यार्थीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज हुने बिधालयका प्रीन्सीपल मणि शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार बिद्यालयका चालक र बिद्यार्थी कोहिको पनि चिन्ताजनक अवस्था रहेको छैन ।