स्पेन,१ वैशाख । नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक यम बरालले स्पेनको बेनिड्रोम गुञ्जाएका छन् ।
नेपाल समाज एशोसियसन र एनआरएनए कोष्टाव्लाङ्काले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आईतवार आयोजना गरेको ‘सांस्कृतिक कार्यक्रममा उनले विगतका चोटहरु भुल्न समेत सुझाए । स्टेज उक्लिँदा ताली पाएका गायक बरालले
निष्ठुरीले छाडेर गइहाली´ गीत गाउँदा सबैमा सन्नाटा छायो । वियोगान्त गीतले दर्शक धेरै शान्त बने । गायक बरालले यो गीतलाई स्टेजमा कहिल्यै छुटाउँदैनन् ।
नयाँ वर्षको शुभकामना दिँदै उनले भने, ´हरेक वर्षमा रसिलो, फुर्तिलो बन्नुस् ।उनले पुराना गीतहरु सम्झिन थाले ।
अब चोटहरुले पिरोल्दैन मलाई´ फिल्मी गीत गाए । नायक राजेश हमाल अभिनित पुरानो फिल्म अल्लारे´मा समावेश यो गीतले धेरैलाई रुवाउँछ । यो गीतको सुटिङमा राजेश हमाल धरधरी रोएका थिए । बिना ग्ल्सिरिन रोएर अभिनय गरेका थिए । राजेश हमालले भनेको कुरा यमले सुनाए, ´यो गीतले मन नै छोइदियो ।
त्यसपछि बिस्तारै माहोल मोडिन थाल्यो । होस्ट अशिम लोप्चनलले ताली खोजे । यमले आफूलाई जन्माउने-चिनाउने इलामबारे गीत गाए । बादलुको घुम्टोले इलाम बजार छोपिँदा´ गीत सुरु हुँदा ताली बज्न थाल्यो । हुटिङ चल्यो । ´हेर हेर पूर्वबाट झुल्किएछ घाम
मुस्कान फिल्मको गीतमा दर्शक नाच्न थाले । त्यसपछि उनले डान्सिङ गीतहरु गाए । माया बस्यो मुटुमा´,
सनम माया लाको´ जस्ता गीतहरुले माहोल तताए । गायक यमले भने, ´अब नयाँ वर्ष भरि हाँस्नुपर्छ, पीर-चिन्ता लिनुहुन्न ।`
एनआरएनए कोष्टाब्लाङ्का अध्यक्ष सुरेस बज्राचार्यले नयाँ वर्षलाई नाच्दै रमाउँदै स्वागत गरिएको बताए । नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्का अध्यक्ष केसरबहादुर थापाले नेपालीहरुबीच सद्भाव, मित्रता बढाउन कार्यक्रम गरिएको बताए । समाजका सचिव असिम लोप्चनले गायक यम बरालले पुराना दिनहरु सम्झाउँदा नयाँ वर्षको उर्जा थपेको बताए ।सांस्कृतिक कार्यक्रममा अर्पना तामाङ, ममता जोल्मीलगायतले नृत्य प्रस्तुत गरे । समाजका उपाध्यक्ष डा. सविता पाठकले नयाँ वर्ष सबैका लागि उमंग र सफलताको वर्ष बन्ने अपेक्षा गरिन् ।