फोनिज कपिलबस्तु शाखाद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

प्रकाशित मिति:

७ बैशाख, कपिलबस्तु। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० कपिलबस्तु शाखाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
शिवराज नगरपालिका–५, चन्द्रौटास्थित व्यापार संघ कपिलबस्तुको सभाहलमा शनिबार आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्वहरू, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फोनिज जिल्ला शाखाको सक्रियतामा तयार गरिएको उक्त भित्तेपात्रो ९क्यालेन्डर०मा नेपालका आदिवासी जनजाति समुदायका मौलिक संस्कृति र पहिचान झल्काउने तस्बिरहरू समावेश गरिएको छ। “संमृद्धिको अधारः पूर्ण समावेशी सञ्चार” भन्ने मुल उद्देश्यसहित कपिलबस्तुमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम रम्जाले आदिवासी जनजातिका आवाजहरूलाई स्थापित गर्न सञ्चार माध्यमको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष डिलाराम भुसालले जिल्लामा आदिवासी पत्रकारहरू एकताबद्ध भई क्रियाशील रूपमा अघि बढिरहेको उल्लेख गर्दै महासंघको तर्फबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी फोनिजका निवर्तमान केन्द्रीय सदस्य तथा जिल्ला सल्लाहकार कमल चौधरी, व्यापार संघ कपिलबस्तुका अध्यक्ष महदेव पोखरेल, नेपाल पत्रकार महासंघका जिल्ला सचिव तथा प्रेस युनियनका प्रतिनिधि शनिउल्ला धोबी, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बाबुराम रायमाझी, प्रेस सेन्टर नेपाल कपिलबस्तुका उपाध्यक्ष माधव बेलबासे, रेडियो भ्वाइसका स्टेसन म्यानेजर गीता पौडेललगायत वक्ताहरूले शुभकामना मन्तव्य दिँदै आदिवासी जनजाति पत्रकार संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता फोनिज कपिलबस्तु शाखाका अध्यक्ष रामअवतार चौधरीले गर्नुभएको थियो भने कोषाध्यक्ष उत्तम चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सञ्चालन सचिव सिर्जना थारुले गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रगतिशील पत्रकार संघ, थारु पत्रकार संघ, अवधि पत्रकार संघ, दलित पत्रकार संघ, रिपोर्टर्स क्लब, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, विभिन्न रेडियो तथा सञ्चार संस्थामा आबद्ध कपिलबस्तु जिल्लाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।