एन्फाकपको फाइनल मंगलबार

प्रकाशित मिति:

दिपक न्यौपाने\ एन्फा टेक्निकल सेन्टर देबिनगरमा सन्चालीत एन्फा कप २०७६ को फाइनल खेल भोली मंगलबार हुदै छ । सोमबार सम्पन्न सेमिफाइनल खेलमा छात्रातर्फ स्मृती बोर्डीङले सिद्धार्थलाइ २ –१ ले पराजीत गर्दै फाइनलमा शान्ति नमुनासगको भेट पक्का गरेको हो । त्यस्तै अर्को सेमिफाइनल खेलमा शान्तिले नबिन औधोगीक माबीलाइ ४ शुन्यले पराजीत गरेको थियो । यसैगरी छात्रतर्फको फाइनल खेल पनी मंगलबार नै हुने भएको छ । स्कर्लसहोम बोर्डीङलाइ सेमिफाइनलमा २ –३ ले पाखा लगाएको स्मृती बोर्डीङ स्कुलले न्यु होराइजनसग प्रतीस्पर्धा गर्ने छ । उता होराइजनले सेमीफाइनलमा युगज्योतीलाइ ६–० ले पराजीत गर्दै स्मृतीसगको भेट पक्का गरेको हो । छात्र र छात्रातर्फको फाइनलमा पुगेको स्मृती बोर्डीङले होराइजन र शान्ति नमुनासग प्रतीस्पर्धा गर्न लागेको हो । प्रतीयोगीताको बिजेता छात्रा टोलीले नगद १० हजार तथा उपबिजेताले ५ हजार प्राप्त गर्नेछन भने छात्रतर्फको बिजेतालाइ ३० हजार प्रदान गरिनेछ । यस्तै उपबिजेताले २० हजार तथा सेमिफाइनलीस्ट दुइ टिमका लागी ५ हजार प्रदान गरिने खेल संयोजक सुरज थापाले जानकारी दिए । प्रतीयोगीताको फाइनल खेलको उद्घाटन दिउसो ३ बजे प्रदेश ५ का समाजीकबिकास मन्त्रि सुर्दशन बरालले गर्ने जिल्ला फुटबल सघं रुपन्देहीका कार्यबाहक अध्यक्ष हरि क्षेत्रीले जानकारी दिए