श्रावण ८, उत्तर कोरियाले प्रमुख क्षेप्यास्त्र परिक्षण एवं प्रक्षेपणस्थल नष्ट गर्ने प्रक्रिया सुरु गरेको छ । पारमाणविक प्रक्षेपण केन्द्र सोहयस्थित रकेट प्रक्षेपण स्थलमा भएका क्रियाकलाप स्टाटलाईटबाट खिचिएका तस्विरमा सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । उत्तर कोरियाका क्रियाकलापमाथि निगरानी गर्ने अमेरिकी संस्थाले प्रक्षेपणस्थल नष्ट गर्न सुरु हुनु निशस्त्रिकरण प्रति उत्तर कोरिया प्रतिबद्ध रहेको प्रमाण भएको उल्लेख गरेको छ । स्याटलाइर्ट प्रक्षेपणका लागी प्रयोग गर्ने दाबी गरेपनि सो केन्द्र ब्यालेष्टिक मिशाईल प्रक्षेपणका लागि प्रयोग हुनेगरेको अमेरिकी अधिकारीले आरोप लगाउँदै आएका थिए । गत नौ महिनामा उत्तर कोरियाले कुनै पनि मिशाईलन परिक्षण नगरेको प्रति प्रशंसा गर्दै अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया शान्त रहेको बताउनुभएको छ । अमेरिकासँग आबद्ध एउटा अनुगमन समुहले उत्तर पश्चिमी क्षेत्रमा रहेको सोहाय स्टेशनका स्याटेलाइट तस्वीरहरुमा परीक्षण स्थल नष्ट गरिँदै गरेको देखिएको जनाएको छ । गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सहमतिअनुसार उत्तरले पछिल्लो कदम चालेको हो प्योङयाङले सोहायलाई स्याटेलाइट परिक्षण स्थल बताउँदै आएपनि अमेरिकाले भने त्यहाँबाट ब्यालेष्टिक मिसाइल परिक्षण एवं प्रक्षेपण गर्ने गरेको दावी गर्दै आएको छ । नौ महिना यता उत्तर कोरियाले कुनै पनि परमाणु परिक्षण नगरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई मुलुकको सम्बन्ध सुधारको यो सुरुवातलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।