बुटवल, श्रावण ८ रुपन्देही उद्योग संघमा वस्तुगत समिति गठनका कार्यक्रमले निरन्तरता पाइरहेको छ । यसै शिलशिलामा मंगलबार खाद्यान्न उद्योगीहरुको भेलाले ६ सदस्यीय वस्तुगत समिति गठन गरेको छ ।
संघका का.वा.अध्यक्ष बाबुराम बोहरा एवं पूर्व अध्यक्ष तेज कुमार पाठक र निवर्तमान अध्यक्ष दिनेशराज रेग्मीको आतिथ्यता र प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक माधबप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भेलाबाट बोलबम फुड प्रोड
क्टका प्रोप्राइटर देवीराम पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ ।
भेलामा संघका का.वा.अध्यक्ष बाबुराम बोहरा, पूर्व अध्यक्ष तेज कुमार पाठक तथा निवर्तमान अध्यक्ष दिनेशराज रेग्मी लगायतले बोल्नुहुँदै गठित समितिले वस्तुगत समितिको उद्देश्य अनुरुप तदारुकताका साथ आप्mनो जिम्मेवारी निभाउने विश्वास लिएको बताउनु भएको थियो ।
गठित समितिको सहसंयोजकमा रमेश आचार्य, सचिवमा कृष्णप्रसाद पाण्डे र सदस्यहरुमा लक्ष्मीकान्त तिमिल्सिना, कृष्ण न्यौपाने र आश्विनी कुमार गुप्ता रहनु भएको छ ।
त्यसैगरी भेलाले सल्लाहकारमा संघका पूर्व अध्यक्ष तेज कुमार पाठक, प्रथम उपाध्यक्ष माधबप्रसाद पौडेल र कार्यसमिति सदस्य कृष्ण प्रसाद भुसाल रहनु भएको छ ।
भेलामा प्रतिवद्धता व्यक्त गर्दै नवनिर्वाचित समितिका संयोजक देवीराम पाण्डेले वस्तुगत समितिको संयोजकको जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै उद्योगीहरुको समस्याहरुमा समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
भेलाको संचालन संघका महासचिव कृष्ण प्रसाद पराजुलीले गर्नु भएको थियो ।