सर्वशुलभ शिक्षा अहिलेको चिन्तन ः मन्त्री बराल

प्रकाशित मिति:

सगरमाथाले मनायो रजत महोत्सव, देवकोटालाई शैैक्षिक पत्रकारिता पुरस्कार

प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिलेको अवश्यकता भनेकै सबैका लागि सर्वसुलभ शिक्षा भएको बताउनु भएको छ । मुलुकमा सर्वशुलभ शिक्षा नहुदा गरिव तथा विपन्नहरु शिक्षाको अवसरबाट बन्चित हुनु परेको उल्लेख गर्दै मन्त्री बरालले सर्वशुलभ शिक्षानै अहिलेको आवश्यकता रहेको बताउनुभयो । रुपन्देहीको देवदहमा रहेको सगरमाथा आवासिय माध्यमिक विद्यालयको रजत महोत्सवको मंगलबार उद्घाटन गर्दै उहाँले सबैका लागि शिक्षा कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गरि रहेको बताउनुभयो । मन्त्री बरालले निजि तथा संस्थागत विद्यालयहरुले शिक्षामा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको भन्दै दक्ष र अनुभवि जनशक्ति उत्पादनमा निजी विद्यालयको भुमिका उदाहरणिय रहेको जिकिर गर्नुभयो । यस्तै कार्यक्रममा प्रदेश ५ का सांसद डाक्टर कृष्ण न्यौपानेले मुलुक संघिय संरचनामा गएसँगै शिक्षा, स्वास्थ्य र रोजगारका बाटाहरु खुल्ला हुदै गएकाले गुणस्तरिय शिक्षा तथा दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारिको अवसर कसरी दिन सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले चिन्तन गरि रहेको बताउनुभयो ।

विद्यालयका संचालक एकनारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख टिकाराम अर्याल, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, उपमेयर विद्यालक्ष्मी गुरुङ्ग, वडाध्यक्ष पदम थापा, नगर शिक्षा समितिका प्रमुख हरिलाल अर्याल, एन प्याब्सन प्रदेश ५ का उपाध्यक्ष विष्णु पौडेल, एन प्याब्सन रुपन्देहीका अध्यक्ष देउप्रकाश राई, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, अक्सफोर्ड माविका दिनेश भुषाल, एमाले नेता प्रकाश अर्याल, विद्यालयका सहायक प्राचार्य लेखनाथ काफ्ले, प्रदीप अधिकारी, जिनिएस एकेडेमि नेपालका सिईयो कमल सिलवाल, अभिभावक कृष्ण अर्याल, आविश्कार पराजुली लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो अवसरका विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले गुणस्तरीय शिक्षासँगै रुपन्देहीको पुर्वी उत्तरी क्षेत्रमा नमुना विद्यालयका रुपमा सगरमाथालाई स्थापित गर्ने अभियानमा विद्यालय रहेको बताउनुभयो । विद्यालयले रजत महोत्सवको अवसर पारेर जेष्ठ नागरिक तथा शिक्षक कर्मचारी सम्मान, जिल्ला स्तरिय भलिवल, वक्तृत्वकला प्रतियोगिता, अभिभावक शिक्षक घैटोफोड, गाउँनगर सरसफाई कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खाना महोत्सव, भुतपुर्वविद्यार्थी भेटघाट कार्यक्रम लगायतका सप्ताहब्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाएको हो । सो अवसरमा विद्यालयले सगरमाथा आवाज स्मारिका भाग दुई समेत विमोचन गरेको थियो ।

पत्रकार देवकोटा पुरस्कृत
यसैबीच सोही अवसर पारेर विद्यालयले यसैवर्षदेखि वितरण गर्न सुरु गरेको सगरमाथा शैक्षिक पुरस्कारबाट पत्रकार झविन्द्र देवकोटा पुरस्कृत हुनु भएको छ । बुटवल एफएमका पत्रकार देवकोटा नगद ५ हजार तथा प्रशंसा पत्र सहित पुरस्कृत हुनु भएको हो । शैक्षिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रत्यक वर्ष पुरस्कृत गर्ने कार्यक्रम अन्तरगत सगरमाथाले शैक्षिक पुरस्कार २०७५ बाट पत्रकार देवकोटालाई पुरस्कृत गरेको हो । विद्यालयले रजत महोत्सवको अवसर पारि सगरमाथा शैक्षिक पत्रकारिता पुरस्कार वितरणको अभियान सुरु गरेको र प्रत्यक वर्ष वितरण गर्दै जाने प्राचार्य कृष्ण पौडेलले जानकारी दिनुभयो ।