अब मन्त्रालयको संख्या एक्काइस्

प्रकाशित मिति:

काठमाण्डौ साउन ११/मन्त्रालयको संख्या घटाएर शुरुमा स्यावासी पाएको ओली नेतृत्वको सरकारले मनत्रालयको संख्या बढाउँदै लगेर २१ पुराएको छ । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय बनाउने निर्णय गरेको हो।संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि भागबण्डा मिलाउनकै लागि मन्त्रालय फुटाइएको जनाइएको छ । अहिले २० वटा मन्त्रालय रहेकोमा भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय थपिएसँगै मन्त्रालयको संख्या २१ पुगेको छ ।