काठमाण्डौ साउन ११/शिक्षामन्त्री गिरिराज मणि पोखरेलले संसदमा राखेको बिचार पछि प्रतिपक्षले संसदमा बिरोध कायम राखेको छ । शिक्षामन्त्रीले डा.केसीसँग भएको सहमतिलाई मन्त्री परिषद्मा लैजाने भने पछि काँग्रेसले बिरोध जनाएको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनाएका थिए । उनको धारणा पछि शिक्षा मन्त्रीले पुन ः समय लिएर सहमति भएको नौं बुँदामा मन्त्री परिषदमा लैजाने भनिएकोले त्यसलाई मन्त्री परिषदमा छलफलमा लैजान आवश्यक रहेको प्रष्टाएका छन् । केही क्षण संसद अबरुद्ध भए पनि अहिले सुचारु भई संसदले आआफ्ना धारणा राखिरहेका छन् । सांसद सरिता गिरी , गगन थापा लगायतले राखेका धारणाको जवाफ शिक्षामन्त्रीले दिइरहेका छन् ।