सनराइजद्धारा अभिभावक भेला, नतिजा प्रकासन तथा पुरस्कार वितरण सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने, नवलपरासी नवलपरासीको भुताहामा रहेको सालवास सनराइज इग्लिस स्कुलले आज एक कार्यक्रमको आयोजना गरी २५ औं अभिभावक भेला तथा नतिजा प्रकासन कार्यक्रम सम्पन्न गरेको छ । करीव १ हजार ५ सय जनाको उपस्थिति रहेको कार्यक्रममा बर्दघाट नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष चन्द्रकान्त चापागाईको प्रमुख अतिथ्याता रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चापागाईले विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजाको प्रसंसा गर्दै उहाले आगामी दिनमा पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा नर्सरी देखी कक्षा ९ सम्मका अध्ययनरत ९सय जना विद्यार्थीहरु मध्ये एक सय ३७ जना विद्यार्थीहरुले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुुरस्कार प्रदान गरीएको थियो ।

साथै खेलकुदमा उत्कृष्ट प्रर्दसन गर्ने ३७५ जना विद्यार्थीलाई मेडल र पुरस्कार तथा १५ जना शिक्ष्ँक÷ शिक्षिका तथा कर्मचारीलाई दिर्घ सेवा प्रदान गरीएको विद्यालयका सञ्चालक डिक बहादुर पाण्डे क्षत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको आगामी निति तथा कार्यक्रम विद्यालयका प्रबन्ध संञ्चालक एवं प्रिन्सिपल बालाकृष्ण लम्सालले प्रस्तुत गर्दै उत्कृष्ट नतिजा प्राप्त गर्ने १ सय ३७ जना विद्यार्थी कम्तिमा १० प्रतिसत छात्रावृत्ति प्रदान गर्नुका साथै विद्यालयले डिजिटल प्रविधिको प्रयोगबाट हाजिरी गर्ने, नतिजा प्रकासन गर्ने बताउनु भयो । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बालिन्द्र बिक्रम शाहीको अध्यक्षता, शिक्षीका सम्झना शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक विजय प्रसाद न्यौपानेले गर्नु भएको थियो ।