आजदेखी विद्यालय भर्ना अभियान

प्रकाशित मिति:

काठमाडौं – ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु-याऔँ’ भन्ने नाराका साथ आजबाट विद्यालय भर्ना अभियान सुरु भएको छ। शिक्षा मन्त्रालयको अगुवाईमा सोमबारबाट यो अभियान सुरु गरेको हो।

देशका ७ सय ५३ वटै स्थानीय तहमा सुरु हुने कार्यक्रमअन्तर्गत विद्यालय उमेरका बालबालिकालाई स्कुल जान प्रोत्साहित गरिनेछ। स्कुल बाहिर रहेका बालबालिकालाई स्कुल भर्नाका लागि आह्वान गरिने शिक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस वर्ष ९१ हजार बालबालिका स्कुल बाहिर रहेका छन्। वैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामूदायिक विद्यालय दुबैतर्फ करिब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने मन्त्रालयको अपेक्षा छ । शिक्षा मन्त्रालयले हरेक वर्ष यो अभियान सञ्चालन गर्दै आएको छ ।