प्रदेश ५ का १२ जिल्ला माध्ये ५ जिल्ला माओवादीको भागमा नेतृत्व

प्रकाशित मिति:

बुटवल प्रदेश ५ का १२ जिल्ला माध्ये ५ जिल्ला त्कालिन माओवादीको भागमा नेतृत्व परेको छ । वाकी ७ जिल्लामा भने तत्कालिन एमालले नेतृत्व पाएको छ । माओवादीको नेतृत्व भएको स्थानमा एमालेको सचिव तथा एमालेको नेतृत्वको स्थानमा माओवादीले सचिव पाएका छन् ।

प्रदेश ५ मा माओवादीले पाएका जिल्लाहरुमा बांके आईपी खरेल , बर्दियामा भवनकुमार थारु, रोल्पामा सुरेन्द्र थापा (ध्रुव) , पूर्वी रुकुममा मेघबहादुर श्रेष्ठ र नवलपरासी पश्चिमा राजुप्रसाद हरिजनले अध्यक्षको जिम्मेवारी पाएका छन् ।त्यस्तै तत्कालिन एमालेवाट रुपन्देहीमा शिवराज सुवेदी, पाल्पामा नारायण आचार्य, कपिलवस्तुमा झविलाल पोख्रेल, गुल्मीमा मधुकृष्ण पन्त, अर्घाखाचीमा चेतनारायण आचार्यले अध्यक्षको जिम्मेवारी पाएका छन् । त्यसैगरि दाङमा टिकाराम खड्का, प्युठानमा तुल्सीमा शर्मा रहेका छन् । यता रुपन्देहीमा दिईएको जिम्मेबार भने किनै रोचक देखिएको छ ।

जहां मेयर पार्टिको सचिव भएका छन् भने प्रदेश सासदको भागमा सचिव पारेको छ । तत्कालिन एमालेले नेतृत्व पाएको रुपन्देहीमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी जिल्ला अध्यक्ष भएका छन् । त्यस्तै सचिवको भाग पाएको तत्कालिन माओवादीबाट प्रदेश सभा सदस्य दघिराम न्यौपानेले जिम्मेबारी पाएका छन् ।न्यौपाने तत्कालिन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य भैसकेका तथा एकतापछिको नेकपाका केन्द्रिय सदस्य पनि हुन् । तत्कालिन माओवादीले भने सचिवमा नारायण जिसीलाई सर्वसहमतीले चयन गरेर पढाएको थियो । तर जताततै विवादहरु भएपछि नेतृत्वको टुङगो लागेका जिल्लामा पनि प्ुन पार्टिले अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको हो ।यस विषयमा सचिवको जिम्मेबारी पाएका न्यौपानेले भने असन्तुष्टि जनाएका छन् । उनले पदिय जिम्मेवारी घटुवामा परेको भन्दै असन्तुटि पोखेका हुन् । पार्टिको केन्द्रिय सदस्य भएकाले सचिवको जिम्मेवारी नलिने भन्दै उनले यस अघि नै सहमती भए अनुशार जिसीलाई नै सचिवमा जिम्मेवारी दिने बताएका हुन् ।