काठमाडौँ -नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष रहेको उल्लेख गर्दै सूचनाको स्वतन्त्र प्रवाहमा बाधा पुर्याउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् ।
प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने कानुन बनाउन सरकार अघि बढिरहेका बेला राजदूत बेरीले सोमबार ट्विटमार्फत भनेका छन्, ‘नेपालका नेताहरूले मसँग लोकतान्त्रिक स्वतन्त्रताका लागि निरन्तर आफ्नो प्रतिबद्धता जनाएका छन् ।
प्रेसको स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष हो र म नियम, कानुन एवं कार्यहरूद्वारा सूचनाको स्वतन्त्र प्रवाहमा बाधा पुर्याउने कोसिसप्रति चिन्तित छु ।’