जिप दुर्घटनामा एकको मृत्यु

प्रकाशित मिति:

साउन २१ बुटवल /अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बाट जिल्ला कै मथुराबेशीको लागि छुटेको यात्रु बाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेको पत्रकार सहयोगी बिसीले जानकारी दिएकाछन् ।
लु। १ ज १७७०को उक्त जिप सडक बाट अन्दाजी ४० मिटर तल बारिमा खसेको थियो।पानी परेर चिप्लो सागुँरो बाटोबाट जिप तल खसेको थियो।मथुराबेशिमा यात्रुलाई पुर्‍याई आफ्नो घर फर्कने क्रममा सन्धिखर्क तम्घासको मुल सडक हटिया कोटफेरा भित्री साइड बाटोमा सो जिप दुर्घटना भएको हो ।
भुसाल जिपको साहु र चालक दुबै भएको र बिगत करिब ११ बर्ष देखि जिप चलाउँदै आएका थिए ।