कृष्ण भुसाल \ मेरो सुन्दर देस नेपाल,जसलाइ हामी बत्ती मुनि को अध्यारो देस भन्छौ । जहाँ प्रशस्त स्रोत साधन हुदाहुदै पनी त्यसको सही सदुपयोग गर्न नसक्दा गरिबिको चपेटा मा मूछीन हामी बाध्य छौ । हामी अभाबै अभाव का बावजूद पनी उच्च शिक्षा हासिल गर्छाै अनी त्यस पश्चात “रोजÞगार को अभाव मा सिरानी मुनि सटीपिकेट राखेर पासपोर्ट को लाइन लाग्न बाध्य छौ हामी नेपाली । हाम्रो एउटा परम्परा जस्तै भैसकेको छ बैदेसीक रोजÞगार शायद कुनै घर छैन होला नपरदेशीएको अनी हामी प्रदेश जाने सोच त राख्छौ त्यहाँ जादाँ खÞ्याल गर्नु पर्ने कुरा अनी भोग्नु पर्नेे समस्या को थोरै पनी मध्यंनजÞर गरिन्न जस्तो की दलाल बाट ठगिनू भासा सम्बंधी ज्ञान को अभाव दुःख काम अनुसार ज्याला नपाउने लगायत का समस्या मात्र नभएर जोखिम काम हरू गर्दा आकास मा उडेर आएका दाजÞुभाई आज बाकस मा फर्किन बाध्य छन । यसै कारण ले कती चेलि बेटी को सिंदूर पूछीएको छ अनी कती आमा को काख रीतिएको छः । सायद प्रविधिक शिक्षा हुदो हो त सिप सिकेर देस मैं केही गर्न सकिंन्थ्यो होला त्यसैले देसको शिक्षा प्रणाली मा परिवर्तन गरेर देसै भर प्राविधिक शिक्षा लागू गरी देसमै रोजÞगार सृजना गर्न आजको आवश्यकता हो जस्तो लाग्छ मलाइ । यस्तै उच्च महत्वकांक्षा बोकर सिरानी मुनि सटीपिकेट राखेर पासपोर्ट बोकि प्रादेशिने मध्यको एक पात्र म पनी हु । मेरा पनी अरुका जस्तै आफ्नै कथा छन् जिवनमा भोगेका भोगाई छन् । मेरो पनी आम मानीस जो विभिन्न कारणले परदेशीन वाध्यभएका छन् उनीहरुको जस्तै सुद दुखको कथा छ जो तपाईहरुको विचमा सेयर गर्न गईरहेको छु । जब उच्च शिक्षा अध्यन पछी म रोजÞगार को शिलशिला मा बिभिन्न ठाऊमा धाए जब जब म जागीरका लागी बिभिन्न ठाऊमा एउटो क्लीएर ब्याग भित्र सटीपिकेट राखेर पुगे जहाँ म पुग्थे त्यहाँ मेरो पावर चाहन्र्थो कित पैसा न त मेरो साथ मा पैसा थियो न त पावर नै मसंग थियो सायद पैसो हुदो हो त म जागीर को खोजिमा भौतारीदै धाउनु पर्ने थिएन होला सायद । सबै ठाऊमा मेरो सटीपिकेटको र मेरो क्षमता को कुनै महत्व नरहेको देखेर मनमनै देशको परीस्थीतीका वारेमा गम्भीर भएर सोच्दर्थे यो देशमा पावर हुनेले मात्र जागीर खाने समयको अन्य कहीले होला भन्ने मनमा लागीरहन्थ्र्यो म विवस थिए निरीह थिए । त्यही सटीपिकेट सगै त्यो क्लीएर ब्याग को यौटा कुनामाँ रहेको सानो पासपोर्ट ले ति मेरा सर्टिफÞिकेट हरूलाई जिसकाइ रहेको थीयो त्यस वखत मैले हासील गरेको शीक्षा वाट प्राप्त सर्टिफिकेटको यो देशमा काम रहेनछ भन्ने वोध मलाई भईरहन्थ्र्यो । त्यतिकैमा त्यो एउटो सानो पासपोर्ट ले आफु सगै ति सबै सर्टिफÞिकेट लाई लगेर एउटा कन्सल्टेन्सीको का सन्चालकलाई वुभाईदिए पछी शुरु भयो मेरो जिन्दगीको नयां अध्याय त्यस संगै सुरु भो मेरो बैदेशिक यात्रा । नेपालका धेरै ठाउमा जागीर खाने सपना वोकेरा भौतारीदा पनी कुनै उपाय नपाएपछी नेपालमै वसेर केही गर्ने मेरो सपनाको हत्या गर्न म वाध्य भए र आज देश भन्दा धेरै टाढा सम्भावनाको शहर जापान आएको छु । जापान आउने निर्णय गर्दै गर्दा पनी विश्वको सम्पन्न मुलुक त्यसमा पनी काम को सम्मान हुने देश मा अध्ययन संगै पैसा कमाउन सकीने अर्को सपना पलायो अनि निर्णय गरे पढ़न नी पाईने अनी लाखौ कमाउन पनी सकीने मेरो जिन्दकीको नयां मोडमा मैले मेरो जिवनलाई मोड्ने निर्णय गरे जापान आऊने निर्णय गरेको म भासा पढ्Þन थाले लाग्थ्यो भासा भन्ने चिज छीमेकी काका ले १ ,२ साल अरब तीर बिताएर आएर फÞरर अरबी बोल्थे म पनी जापान गएसी जापानीज बोली हाल्छूनि जस्तो लगथ्र्यो । समय वित्दै जादा यतिकैमा मेरो जब भिसा आयो तब फूल माला लगाएर जापान प्रस्थान गरे यहाँ आएर हेर्दा विभिन्न साथी भाई को पीड़ा देखेंर अचम्म परे म जापान आउनु पूर्व विस्तारामा आराम गरेर मनको क्यालकुलेटर ले हिसाब गर्दा महीनाको लाखौ आम्दानी को लिस्ट वाट मनको क्Þयालकुलेटरले त जापान मा हुँने महँगी अनी खÞर्च कटाउनै विर्सीएको रहेछु । यहाँ को अवस्था देखेर ती मेरा महत्वकांक्षि सपना आखिर वास्तवमै सपना सीमीत हुन वाध्य भए । जब म पढ़न भनि हातमा पुस्तक अनी कलम लीएर बस्थे तब फÞोन को घण्टी बज्न सुरु गरथ्र्यो साथी होस या अफन्ती सबै को एउटै प्रश्न हन्ुँथ्यो काम कस्तो छ । कमाई कती छः ? यी प्रश्न हरू सगैं मन मा कुरा खेल्न थाल्थ्र्यो । ओहो मेरो काध मा त धेरै जिम्मेवारी छ अब मैले कमाउनु पर्छ म बाट मेरा आफन्ती अनी परिवार ले धेरै कुराको अपेक्षा गरेका छन यी कुरा हरु मनमा खेल्दा त म विद्यार्थी भीसामा आएका पढ़न पर्छ केही गर्नु पर्छ भंने कुरा नै भूलदो रहेछू अनी मात्र मैले बुझे पैसा र पढ़ाई एकै साथ नमिल्दो रहेछ विद्यार्थि जीवन संघर्षमय रहेछ मैले वल्ल बुझे ।जब मैले सुरुमा काम गर्न थालेको थीए । त्यहाँ एकजना नेपाली दाईं भेंट हुनू भो अनी मैले उहाँ संग परिचय गरे उहाँ लाई देखेर म अचम्म परे एकजना दीदी ले उहाँलाई त्यों कम्पनी मा काम लगाईदिनु भाको रहेछ अनी त्यो दाईं भासा मा दक्ष भएकाले आज त्यही कम्पनी मा अनुवादक भएर त्यही दीदी सहित हामी जस्ता धेरैलाई काम सिकाएर बस्नु भाको छ । यो देखेर मात्र मैले बुझे भासाको कती धेरै महत्व रहेछ भनेर तसर्थ अब जापान आऊने सम्पूर्ण साथी हरूलाइ आऊनु पूर्व भासा राम्रो सग अध्यन गर्नु होला र त्यती धेरै महत्वकांक्षा नराखनु होला ।आज मलाई जापान आएर कुनै पछूतो लागेको छैन किन भने जापान ले मलाई धेरै कुरा सिकाएको छः यहाँ विकास,परबिधि अनी यहाँ मिहेन गरने बानी जून कुराहामी नेपाल मा कार्यन्वयन गर्नु पर्छ । अनी अन्त्य मा सबै मा अनुरोध हामिले यहाँ बाट धन लगेर बाढ्न त सकदैनौ तर सबै नेपाली मिलेर केही सिप अनी ज्ञान नेपाल लगेर बाड़ौ अनी स्वदेस कै विकास माँ टेवा पुगोस र हाम्रा भावी सन्तति हरू पनी हामी जस्तै प्रदेसीन नपरोस
हाल । कुमामोटो जापान