सरकारको रवैया यस्तै रहिरहे मुलुक पुनःद्धन्दमा फस्न सक्छ : कांग्रेस युवा नेता भण्डारी

प्रकाशित मिति:

बुटवल,२८ साउन ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई मुठभेड तर्फ लैजाने दुस्प्रयास गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भण्डारीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्ति द्धन्द निम्त्याउने खालका भएको आरोप लगाएका हुन् ।
दुई तिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गरेको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजानुको सट्टा तल्लो दर्जामा उत्रिएर प्रतिपक्षी दललाई उत्तेजित बनाउने र द्धन्द निम्त्याउने कार्यमा लागेको आरोप लगाए ।
मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि नेपाली कांग्रेस सरकारलाई सहयोग गर्न तयार रहदा रहदै पनि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली र नेकपाका नेताहरु प्रतिपक्षी दललाई होच्याउने,जिस्क्याउने र आन्दोलनमा जान बाध्य पारेको उनको आरोप छ ।
प्रधानमन्त्री ओली र नेकपाका नेताहरुको यस्तै रबैया रहीरहे मुलुक अर्को द्धन्दमा फस्ने खतरा रहेको उनले बताए ।
दुई तिहाई बहुमत प्राप्त सरकारलाई कसैले हटाउन नसक्ने भन्दै कांग्रेस युवा नेता भण्डारीले सरकार आफ्नै कारणले ढल्न सक्ने बताए ।
दुई तिहाई बहुमतको सरकार बनेपछि मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिको अपेक्षा गरेका नेपाली जनतालाई सरकारले महंगी र अनावस्यक करको भार थोपरेको भन्दै पुर्व मन्त्री समेत रहेका भण्डारीले सरकारको यस्तै रबैया रहीरहे जनता सडकमा आउने बताए ।
लोकतन्त्रमा जनताले जसलाई बहुमत दिन्छन् उसैले सरकार सञ्चालन गर्ने पद्धतिलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसले सरकारलाई रचनात्मक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए पनि सरकार र सरकारको नेतृत्वकर्ता दल नेकपाका केही नेताहरु प्रतिपक्षी दलको सहयोग लिनुको सट्टा जबर्जस्त आन्दोलनमा धकेल्न खोजेको उनको आरोप छ ।
नेपाली कांग्रेस मुलुकमा थप द्धन्दको अवस्था नआओस भन्नेमा सजगता अपनाउदै रचनात्मक प्रतिपक्षको रुपमा सरकारका गलत क्रियाकलाप सच्याउन आग्रह गर्दै आएको स्मरण गराउदै भण्डारीले सरकारले आफ्ना गलत क्रियाकलाप सच्याउनुको सट्टा दुई तिहाई बहुमतको दम्भ देखाएर पेलेरै जाने रणनीतिमा लागेको दाबी गरे ।
जनतालाई राजनीतिक स्थायित्व र समृद्धिको सपना देखाएर बहुमत प्राप्त गर्न सफल नेकपा नेतृत्वको बर्तमान सरकार चुनावि प्रतिवद्धता बिपरित जनतालाई महंगी र अनावस्यक करको भार थोपरेको दाबी गरे ।
न्यायालय र प्रशासनिक क्षेत्रमा हस्तक्षेप गरेर बर्तमान सरकार मुलुकमा अस्थिरता र अराजकता बैदेशीक शक्ति केन्द्रलाई चलखेल गर्ने वातावरण बनाइदिएको आरोप लगाउदै उनले विकास र समृद्धि भन्दा पनि सरकार झिना मसिना कुरामा अल्झेर नागरीक स्वतन्त्रता बिरोधी गतिबिधिमा लागेको बताए ।
यातायात क्षेत्रको सिन्डीकेट हटाउने,आइएनजिओहरुको काम कार्यवाहीलाई पारदर्शी बनाउन उनिहरुको तथ्याङ्क संकलन गर्ने बर्तमान सरकारका केही मन्त्रीहरुले चालेको कदमका कारण जनताले मुलुकमा सुशासन कायम हुने अपेक्षा गरको बताउदै उनले त्यसबाट पछि हटेर सरकार हठात निषेधाज्ञा जारी गर्ने,न्यायालय र प्रशासनिक संयन्त्रमा राजनीतिक हस्तक्षेप गर्ने कार्यमा लागेको लागेको आरोप लगाए ।
अब नेपालमा कोही पनि नेपाली भोकै बस्नुपर्ने छैन,औषधि उपचार नपाएर कोही पनि मर्नुपर्ने छैन भनेर नथाक्ने पधानमन्त्री ओली अनियन्त्रित रुपमा बढेको मुल्यबृद्धि नियन्त्रण गर्नेतर्फ ध्यान नदिएको भन्दै भण्डारीले ३३ किलो सुन काण्डका ठुला माछा कता हरायो भनि प्रश्न गरे ।
नेपाली कांग्रेस अझै पनि सरकार आफ्ना गलत क्रियाकलाप सच्याओस् भन्ने पक्षमै रहेको भन्दै उनले महंगी र अनावस्यक करको मारमा परेका जनता सरकार बिरुद्ध सडकमा आए कांग्रेसले चाहेर पनि सरकार ढल्नबाट जोगाउन नसक्ने विचार व्यक्त गरे ।
पार्टी भित्रको आन्तरीक समस्याकै कारण अहिले कांग्रेस कमजोर भएको बताउदै भण्डारीले नेतृत्वलाई सच्याउन पार्टीका युवा नेताहरुले भुमिका निर्वाह गर्नुपर्नेमा उनिहरु पनि प्रचारमुखी र गुट–उपगुटमै अल्झिएको बताए ।
कार्यक्रम क्लवका जिल्ला अध्यक्ष तथा प्रदेश सह संयोजक प्रकाश खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।