दक्ष जनशक्तीलाई प्रयोगमा जोड

प्रकाशित मिति:

बजारमा उत्पादन भएको दक्ष जनशक्तीलाई प्रयोगमा ल्याउनु पर्नेमा बुटवलमा आयोजित एक कार्यक्रमका सहभािगहरुले बताएका छन् । स्किल डेभलपमेन्ट प्रजेक्ट अन्तरगत प्रदेश न ५ मा भएका विभिन्न खालका तालिम र त्यसवाट उत्पादीत जनशक्तिका विषयमा तालिम प्रदायक संस्था उराली जनता प्रविधिक शिक्षालयले कायृक्रम गरेको थियो । उक्त कार्यक्रममा वक्ताहरुले बजारमा उत्पादन भएका झण्डै तिन दर्जन प्रकारका तालिमबाट सयौं युवाहरु उत्पादन भएको जानकारी गराईएको छ । देउराली जनता प्राविधिक शिक्षालय सहित आघादर्जन संस्थाले एडिविको आर्थिक सहयोगमा तालिम संचालन गरेका थिए । यस्ता तालिमबाट बजारमा आवश्यक प्राविधिक जनशक्ति ततकाल उपलव्ध हुने विश्वाश प्राविधिक शिक्षालयका संस्थापक अध्यक्ष प्रकाश रानाले बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही उद्योग संघका अध्यउक्ष गणेश अधिकारीले नेपालमा प्राविधिक जनशक्तिको चर्को अभाव श्रृजना भएको भन्दै बजारमा उत्पादति जननशक्तिको विवरण सहज ढंगले उपलव्ध हुनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा तालिक गरेको स्थान किसिम तथा संख्या र त्यसको प्राविधिक पक्षमा विषयमा संस्थाका तथ्याङक विभाग प्रमुख लक्ष्मण रानाले प्रस्तुततीकरण गर्नु भएको थियो । कार्यक्रममा तालिक प्रदायक संस्थाहरु निमार्ण व्यवसायी, होटल व्यवसायी क्यान,वैकर्स संचारक्रर्मीहरुको सहभागिता रहेको थियो ।