नेदरल्याण्ड्स एम्बेसी फेस्टिबलमा नेपालले पनि सहभागीता जनाउने

प्रकाशित मिति:

काठमाडौँ — नेदरल्याण्ड्समा आगामी १ सेप्टेम्बरमा हुने एम्बेसी फेस्टिबलमा नेपालले पनि सहभागीता जनाउने भएको छ ।

नेदरल्याण्ड्सको द हेग नगरपालिकाको सहयोगमा लाईभ वेभे नामक संस्थाले वर्षेनी गर्दै आइरहेको एम्बेसी फेस्टिबलमा नेपाल लगायत संसारका विभिन्न ६२ वटा मुलुकले सहभागिता रहने छ ।

सवै मुलुकहरुले आफ्नो संस्कृति, भेषभुषा, उत्पादित सामाग्रीहरु, पर्यटन प्रवद्र्धन र प्रचार प्रसार गर्नको लागि उक्त फेस्टिवललाई सदुपयोग गर्दै आइरहेका छन् ।

वेनेलक्सका लागि नेपाली दुतावास बेल्जियम, गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्स, नेपाली कन्सुलेट तथा नेदरल्याण्ड्समा रहेका स्थानिय नेपाली संघसंस्थाको संयुक्त प्रयासमा नेपाली प्याभिलियन मार्फत नेपालीका प्राकृतिक संपदा, भाषा, संस्कृति, भेषभुषा, नेपाली उत्पादनहरु, हस्कतला र विभिन्न झाँकीहरु प्रदर्शन गर्न लागिएको हो ।