प्रदेशसभा सांसद भागवत प्रकाश मल्लले संविधान जारी भएर कार्यन्वयन स्वरुप तीन तहको निर्वाचन सम्पन्न भई कम्युनिष्ट सरकार बनेको ६ महिना बिते पनि उपलब्धीमुलक कार्य हुन नसकेको वताउनु भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा संसद बैठकमा बोलदै उहाले निर्वाचनमा देखाएका आशा अपेक्षालाई पुरा गर्न सरकार पुर्ण रुपमा असफल भएको सांसदको आरोप छ । समृद्ध नेपाल सुखी नेपालीको नारा नारामा मात्रै सिमित रहेको भन्दै यसको कार्यान्वयन पक्ष कमजोरी देखिएको मल्लको भनाई छ । सिंहदरबारको अधिकार घरघरमा भनिएपनि दुर्भाग्यबस संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुको साटो अधिकार सिंहदरबार केन्द्रित गर्न अग्रसर रहेको मल्लले बताउनुभयो । सरकारले घोषणा गरेको बजेट कार्यान्वयन नहुँदा हामीले घोषणा गरेका भौतिक पूर्वाधारहरु तथा योजनाहरु बेवारिसे बनेको भन्दै सांसद मल्लले भन्नुभयो । प्रदेश सरकारलाई आफैले घोषणा गरेको बजेट तत्काल कार्यन्ययन गराउन समेत सांसद मल्ले अनुरोध गर्नुभयो ।