भाद्र १ गते करको विरोधमा काङ्ग्रेस बुटवल नगर समितिद्धारा प्रर्दशन

प्रकाशित मिति:

नेपाली काङ्ग्रेस बुटवल नगर समितिले करको विरोधमा भदौ १ गते बुटवलको अस्पताल लाईनमा पर्दशन गर्ने भएको छ । नगरपालिकाले जनताले तिर्न नसक्ने गरि कर बृद्धि गरेको र अव्यवस्थित बसोवासमा अनियन्त्रीत रुपमा सुल्क बढाएकोले अव त्यसको विरोधमा कार्यक्रम गर्ने नेपाली काङ्ग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले जानकारी दिनुभयो । त्यस्तै नेपाली काङ्गे्रसका जिल्ला सचिव राम कृष्ण खाणले सरकारले दुई तिहाई जनमतको दम्भले दलत विषयवस्तुलाई उजागर जरेको भन्दै उहाले अव नेपाली काङ्ग्रेसले केन्द्र देखी वडा, टोल सम्म विरोधका कार्यक्रम गर्ने बताउनुभयो ।

बुधवार पार्टी कार्यलय मैनावगरमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बामपार्टिको सरकार बाट आम सर्वसाधारण जनता आजित भएको गुनासो समेत गरेका छन् ।