छाँयाक्षेत्र मन्दीरमा आज वाट शिव माहाआरती सुरू

प्रकाशित मिति:

प्रदिप कोइराला स्याङ्जा १ साउन । साउन महिना भगवान शिवको महिना भन्ने गरिन्छ । विशेष गरेर भगवान शिवको अारधना गरिने हुदा यस पटक स्याङ्जा जिल्लाकै प्रसिद्ध छाँयाक्षेत्र मन्दिरमा एक महिना शिव माहाअारती सहित धार्मिक प्रवचन अाज वाट सुरू भएको छ । श्रीस्वस्थानी व्रत कथामा अाधारित भगवान शिवले शतीदेवीको मृत शरीर वोकेर हिड्दा अन्तिम शेष अंग पतन भएको स्थान यस छायाँक्षेत्र मन्दीरमा बर्सेनि लाखौ दर्शनार्थीले पुजा अाजा गर्ने गर्दछन । यो मन्दीर गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक स्थलको रूपमा परिचित रहेको छ ।थप प्रचार प्रसार र भक्तजनलाई शिव अारधना गराउने उद्येश्यले श्रावण १ गतेदेखि ३२ गतेसम्म शिव महिमा सहितको धार्मिक प्रवचन र माहाअारती अायोजना गरिएको मन्दीर व्यवस्थापन समितीका अध्यक्ष तथा माहाअारती मुल अायोजक समितिका संयोजक पिताम्वर श्रेष्ठले जानकारी दिए । हरेक दिन बिहान पुजापाठ, दिउँसो संगीतमया शिवमहिमा वाचन र महाआरती साँझमा गरिने अध्यक्ष श्रेष्ठले बताए । टाढा टाढाबाट आउने भक्तजनहरुका लागी आवास सहितको व्यवस्था र सुरक्षा व्यवस्थाका लागी सिसि टिभि जडान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्पूर्ण तयारीका वारेमा मुल अायोजक समितिले पत्रकार सम्मेलन अायोजना गरि कार्यक्रमको वारेमा अाफ्नो तयारी पूरा भएको जानकारी गराएको थियो । सोही अवसरमा भीरकोट नगरपालिकाकी उपप्रमुख सिमा केसी कर्माचार्यले शिव मन्दिरमा विशेष शक्ति रहेको भन्दै मन्दिरलाई बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने वताएकी छन । प्रदेशबाट आउने ४० लाखले मन्दिरको विस्तार गर्दै प्रदेशको धार्मिक गन्तव्यको रुपमा विकास गर्नुपर्ने उपप्रमुख कर्माचार्यको भनाई थियो । कार्यक्रममा प्रमुख वाचक पण्डित प्रकाश तिवारीले हरेक दिन शिवमहिमा, भजनकृर्तन हुने बताउनुभयो । जनै पुर्णिमाका दिन विशेष जलद्वारा जनै मन्त्र गरिने, हवन, वेदका विशेष मन्त्रोचारण गरी गरि पुजा गरिनेछ । बुधबार कलश यात्रा, हरेक दिन विहान ६ देखि ७ सम्म विशेष पूजा, दैनिक कन्या पूजा, दैनिक सन्ध्याकालिन ७ देखि ८ सम्म शिवमहा आरती, प्रत्येक दिन सोमबार लक्ष्य दिप प्रज्जोलित, २० गते नागपञ्चमी विशेष पूजा, ३० गते जनै पुर्णिमा विशेष पूजा, ३२ गते यज्ञ समापन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वरुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाख सक्रान्ती, साउन सक्रान्ती, एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्ण अष्टमी, माघे सक्रान्ती, बालाचर्तुदशी, माता तीर्थऔँशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।