गुल्मी- गएराती गएको पहिरोले सत्यवती गाउँपालीका गुल्मीमा ५ घर पुरिएको छ भने दर्जनौ घरमा क्षती पुगेको छ । सत्यवती गाउँपालिका वडा नम्वर ३ ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घामा पहिरो जाँदा १० जनाको मृत्यु भइसकेको छ । ३ जना अझै वेपत्ता भएका छन् । पहिरोमा पुरिएर वडा नम्वर ४ स्थित भिरकुनामा ८ जनाको मृत्यु भएको छ भने, वडा नं ३ ठुलोलुम्पेकमा २ जनाको मृत्यु भएको छ । वडा नं ४ मा १ जना र वडा नं ३ को सिङदीमा एक घर बगाउँदा २ जना वेपत्ता भएको जनाईएको छ । वडा नं ४ लिम्घाको भृकुनामा घरमाथीबाट आएको पहिरोमा पुरिएर मृत्यु हुनेमा ३२ वर्षिय निर्मला विक, २९ वर्षिय पम्फा विक, १२ वर्षिय अञ्जली विक, ५ वर्षिय हिमांशु विक, ७० वर्षिय छली विक, ९ वर्षिय सिवानी विक, ९ वर्षिय तारा विकको ज्यान गएको छ ।
पहिचान हुन नसकेको एक वर्षिय बच्चाको समेत मृत्यु भएको स्थानीय वडा सदस्य अर्जुन तरामुले जानकारी गराए । वडा नम्वर ३ स्थित ठुलोलुम्पेकको दाङसिंगमा पहिरोले घर बगाउँदा स्थानीय तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामुको ज्यान गएको उनले बताए । त्यस्तै घाईते हुनेमा वडा नं ४ ठुलोलुम्पेकमा १२ वर्षिय करिस्मा तरामु र १४ वर्षिय धनीराम तरामु रहेका छन् । घाईतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको जनाईएको छ । पहिरोमा परी अन्य पशु चौपाँया समेत मरेका छन् । क्षतीको विवरण यकिन हुन सकेको छैन । उद्धारका लागि सुरक्षा निकायको टोली र स्थानीय घटनास्थलमा खटिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।