गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदको लागि माया केसी’ ले आफ्नो उम्मेदवारी दिने भएकी छन । २०११ देखि परिषद सदस्य रहेकी केसी २०१७–०१९ कार्यकालमा युवा संयोजकको नेतृत्वको अनुभव बटुल्दै हाल भने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९–०२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिन लागेकी हुन ।
२०११ देखि परिषद सदस्य रहेकी केसी २०१७- ०१९ कार्यकालमा युवा संयोजकको नेतृत्वमा रहेकी थिइन। उनले भनिन्,‘कतारमा रहनुभएका आदरणीय वुद्धिजिवी तथा सामाजिक अभियन्ता ज्यूहरु, विभिन्न संघ संस्थाहरुमा आवद्ध अग्रज ज्यूहरु, गैरआवासीय नेपाली संघका अभियन्ता ज्यूहरु, आदरणीय मित्रहरु तथा सम्पूर्ण शुभेच्छुकहरुको साथ, सल्लाह र सुझावलाई शिरोपर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९(०२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिने निर्णय गरेको छु।