काठमाडौँ –भित्रिने मुख्य नाका नौबिसे सडकखण्ड पुर्णरुपमा भासिएको छ । सडकको क्षमताभन्दा बढी वजनमा मालबाहक ट्रक भित्रने हुँदा सडक भासिएको छ ।मालबाहक ट्रकको चक्काको संख्या बढाएर सडकको क्षमताभन्दा बढी समान भित्रने गरेको छ । ६ चक्के गाडीले आफ्नो वजनसहित १९ सय टन लोड ल्याउछ । १० चक्केले २८ हजार ५ सय टन लोड ल्याउछ । १४ चक्केले ३९ हजार टन ल्याउछ, भने १८ चक्के गाडी धर्मकाटामा तौलिनसमेत नमिल्ने हुँदा ति गाडीहरुले ४२ हजार टनसम्म सामान ल्याउने गरेकाले सडक भासिएको ट्रक यातायात व्यवसायी संघ नेपालका कम्प्युटर अपरेटरले बताउनुभयो ।
पृथ्वी राजमार्गमा नेपालका गाडीले भन्दा भारतीय गाडीले बढी लोडका सवारी चलाउने गरेको पाइएको छ । बढी लोडका सवारीमा तुरुन्त ब्रेक लाग्न गाह्रो हुन्छ, जस्को कारण सडकमा दुर्घटना हुने सम्भावना रहन्छ । भासिएको सडकमा गाडी बिग्रने हुदाँ जाम पनि बढ्छ । यो सडक धेरै पुरानो भैसकेकोले सडकको वेस तल भुइदेखि नै खराब भएको सडक विभागका इन्जिनियर बताउनुहुन्छ । काठमाडौं भित्रने मुख्य नाका नौबिसे सडक बिग्रिसकेको भएपनि वैकल्पिक सडक विना यो राजमार्गको स्तरोन्ती गर्न नसकिने पनि इन्जिनियरले बताउनुभएको छ ।पृथ्वी राजमार्गको लम्बाइ दुईसय किलोमिटर छ । यो राजमार्ग वि।सं २०३१ सालमा बनेको हो । अहिले यो सडक पाँचदेखि सात इन्चसम्म भासिएको छ । काठमाडौं भित्रने मुख्य नाका नौबिसे सडकमा सडक विभागले भासिएको ठाँउमा माटोले पुरेको छ ।