चितवन अपडेट : तीनै जनाको बयान सकियो, थुनछेक बहस सुरु, निषेधाज्ञाबीच पनि प्रदर्शन जारी

प्रकाशित मिति:

चितवन – पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी मध्ये तीनैजनाको बयान लिने कार्य सकिएको छ । जिल्ला अदालत चितवनमा युवराज कँडेल र रवि लामिछानेको बयान पनि सकिएकाे छ । अस्मिता कार्कीको आइतबार नै बयान लिइएको थियो ।बयान सकिए लगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुकाे बहस शुरु भएकाे छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ। तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

निषेधाज्ञाबीच पनि प्रदर्शन जारी – जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाका बिचमा पनि रबिका समर्थकहरुले भरतपुरका बिभिन्न ठाउमा मोटरसाइकल र्याली निकालेर प्रदर्शन जारी नै राखेका छन् । प्रशासनले चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको भएपनि रबिका समर्थकहरुले चार किल्ला बाहिर मोटरसाइकल र्याली निकालेका हुन् । उनिहरुले रवि र युवराजलाई निसर्त रिहाई गर्न माग गरेका छन् ।