अंध्यारोमा मोबाईल चलाउंदा खतरा समस्या आउन सक्छ

प्रकाशित मिति:

रातको समयमा स्मार्टफोन तथा कम्प्युटर चलाइरहँदा तपाइँले महसुस गर्नुभएकै होला ती ग्याजेटको स्क्रिनबाट निलो प्रकाश निस्किने कुरा ।

भलै हामीहरु यस्तो निलो प्रकाशसँग अभ्यस्त भैरहेका छौँ । तर त्यो प्रकाश हाम्रो स्वास्थ्य, खासगरी आँखाको लागि निकै हानिकारक छ भन्ने कुराको हेक्का राखिरहेका छैनौँ । वैज्ञानिकहरुका अनुसार डिजिटल उपकरणको स्क्रिनबाट निस्किने निलो प्रकाशले स्थायी अन्धोपन समेत निम्त्याउने खतरा रहन्छ ।

अँध्यारोमा लामो समयसम्म यस्तो निलो प्रकाशको सम्पर्कमा रहिरहने मानिसको आँखाको ज्योति गुम्नसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ टोलेडोका शोधकर्ताहरुले यस विषयमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । अनुसन्धानका अनुसार लगातार निलो प्रकाश हेर्नाले आँखामा ज्योति उत्पन्न गर्ने संवेदनशील कोशिकाहरुमा विषाक्त अणु उत्पन्न हुन सक्दछ । जुन आँखाको नानीमा धब्का आउने समस्याको कारक बन्न सक्दछ । यसले आँखामा स्थायी रुपमा अन्धोपन निम्त्याउन सक्दछ ।