पहिरोले जिप पुरेर अवरुद्ध भएको बुटवल– पाल्पा सडक खण्ड एकतर्फी सुचारु

प्रकाशित मिति:

बुटवल – सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ ।

बुटवल बाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं जीप र पाल्पा बाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं को स्कारपियो लाई पहिरोले पुरेको थियो । पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ । पहिरोमा परी ४ जना गम्भिर घाईते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक माथिबाट झरेको पहिरोले दुवै सवारी साधनमा क्षति पुगेको छ ।


यो पनि पढ्नुहोस् :-

दोभानमा पहिरोले २ जिप पुर्यो : एकको मृत्यु, ६ घाइते