पत्रकारमाथि जाइलाग्ने ज्ञानेन्द्र शाही पक्राउ, पक्ष–विपक्षबीच हात हालाहाल
काठमाडौं – ‘नेपालका लागि नेपाली अभियान’ चलाएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको हरिहरभवनमा पत्रकार सम्मेलनमा पत्रकारले प्रश्न सोध्धा ठाडो जवाफ दिएको र पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएका थिए । त्यसलग्ततै शाहीका पक्ष र विपक्षबीच हात हालाहाल भएको एक प्रतक्षदर्शीले न्युज अफ नेपाल काठमाडौं ।
महानगरीय प्रहरी प्रभागले उनलाई पटक–पटक सो स्थानमा कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको थियो । तत्पश्चात पनि उनले पत्रकार सम्मेलन आयोजना गरेपछि प्रहरी निरीक्षक माधव केसीको टोलीले उनलाई पक्राउ खोज्दा उनले पक्राउ पूर्जी मागेका थिए । झडपमा प्रहरी निरीक्षक माधव केसीलाई चोट लागेको छ । राजावादी भनेर चिनिएका ज्ञानेन्द्र शाहीलगायत युवाले बुद्ध एयरको हिजो शनिबार जहाजभित्र पर्यटनमन्त्री योगेश भट्टराईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए । शाहीले अधिंकाश स्थानमा पत्रकारलाई अपमानजनक शब्द प्रयोग गर्ने गरेको पाइन्छ ।- न्युजअफ नेपाल